Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वडाध्यक्षका प्रत्यासी पटेल जसपा प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार भएका दिनेश पटेलले जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १८ मा नेकपा एसबाट वडाध्यक्षमा चुनाव लडेका पटेललाई पूर्वमन्त्री प्रदीप यादवले जसपा प्रवेश गराएका हुन् । पटेललाई यादवले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पटेलको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मुखमा जसपा प्रवेश गरेपछि नेकपा एस र समग्रमा सत्ता गठबन्धनलाई ठूलो झट्का लागेको छ भने जसपालाई फाइदा हुने देखिएको छ ।

पटेल उक्त क्षेत्रमा राम्रो पकड भएका नेता हुन् । वीरगंज-१८ मा निर्वाचित वडा अध्यक्ष उमा शंकर तिवारी जसपाकै हुन् । पटेलले पनि जसपा रोजेसँगै उक्त वडामा पार्टीको पकड राम्राे भएकाे जसपाका निखिल बर्णवालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...