Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

मुख्यमन्त्रीलाई हराउन म सक्षम छुं : स्वतन्त्र उम्मेदवार सर्राफ

spot_img
spot_img

वीरगंज । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (ख) का स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले मुख्यमन्त्री लालबाबु राउतलाई हराउने आफु सक्षम उम्मेदवार भएकाे वताएका छन् ।

वीरगंजस्थित हाेटल आदर्श आयाेजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले यस क्षेत्रका जनताहरुले चाहे आफु मुख्यमन्त्रीलाई हराउन सक्षम उम्मेदवार भएकाे वताए । उनले भने “विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ । उनलाई हराउन म सक्षम छु, त्यही भएर यसपालिकाकाे निर्वाचनमा मलाई जिताएर काठमाडाैंकाे जनता जस्तै यहाँकाे जनताले पनि इतिहास रच्नु पर्छ ।”

उनले यसपालिकाकाे निर्वाचनमा आफु चुनाव हारे सबै युवाकाे हार हुने वताउँदै स्वतन्त्र सक्षम युवा उम्मेदवारलाई जिताएर सचेत मतदाताकाे परिचय दिनु पर्ने धारणा राखे ।

उनले भने “म कुनै गठबन्धनकाे उम्मेदवार हाेइन, मेराे गठबन्धन यहाँकाे जनतासंग छ, यहाँकाे युवासंग छ, यहाँकाे महिलासंग छ । त्यँही भएर नेता/नेता विच भएकाे अपवित्र गठबन्धनलाई हराएर स्वतन्त्र र सक्षम उम्मेदवारलाई जिताउनु पर्छ । आफु सधै जनता माझ रहेकाे र जनताकाे सेवा गरेकाे वताउँदै उनले आफ्नाे बालबच्चाकाे भविष्यकाे ख्याल गरेर भए पनि आफुलाई चुनाव जिताउनु पर्ने अपिल गरे ।

उनले वीरगंजकाे मतबाट जितेर मुख्यमन्त्री बनेका व्यक्तिले वीरगंजसंग घात गरेकाे कुरा सबैलाई थाहा भएकाे वताउँदै त्यसकाे जवाफ अहिले निर्वाचनबाट दिनु पर्ने पनि सुझाए । उम्मेदवार सर्राफले अर्का गठबन्धनका उम्मेदवार अर्काे क्षेत्रकाे भएकाेले त्यसकाे विकल्प आफु नै भएकाे दाबी गरे ।  

कार्यक्रममा प्रोफेसर बिजय महासेठ, समाजिक अभियन्ता प्रकाश थारु, गुड्डी जोशी, दर्गा श्रेष्ठ, जलेश्वर सर्राफ, मनोज साह, दीपक सर्राफ, ई.गजेन्द्र दास लगायत युवाहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...