Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

प्रदीप यादवले दिए निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । यादवले शनिबार बिहानदेखि नै क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरेर निर्वाचन केन्द्रित गतिविधिलाई अगाडि बढाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका यादवले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा अगुवा नेता तथा कार्यकर्ता भेला गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेताको जनताले मूल्यांकन गर्ने बेला आइसकेको बताए ।

उनले भने, “पर्सा १ मा यसअघि जितेका पाँच जना सांसदले कति विकास गरे अनि विगत पाँच बर्षमा मैले कति काम गरे त्यो सबैका सामु छर्लङ्ग नै छ, अब यसको मूल्यांकन तपाईहरुले गरिदिनु होला ।”

यहि क्षेत्रले विगतमा प्रधानमन्त्रीसमेत पाएपनि उनि जितेर गइसकेपछि क्षेत्रमा एकपटक पनि फर्केर नआएको दृष्टान्त दिदै यादवले भने ,‘म जनताको सेवक हुँ, जिते पनि हारे पनि जनताकै दु:ख सुखमा साथ दिँदै आएको छु र दिरहने छु ।’ यादवले आफुले गरेका कामका बारेमा मतदातालाई बुझाउन कार्यकर्तासँग अनुरोध समेत गरे ।

यादवले भने, ‘हुन त जनतालाई सबै थाहा छ, को नेता कस्तो छ, जितेर कसले कती काम गरेको छ, तै पनि चुनाव भएकाले जनता माझ आफना कामहरुका बारे सन्देश लिएर पुग्नै पर्छ ।’

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका साथै स्थानीय जसपाका अगुवा नेता कार्यकर्ताको उल्लेख्य संख्यामा सहभागीता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...