Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

ड्राइपाेर्टमा पुन: सवारी दुर्घटना, वीरगंज निवासी कुशवाहाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं.२५ ड्राईपोर्टमा माेटरसाइकललाई ट्रकले ठक्कर दिदाँ पुन: एक जनाकाे मृत्यु भएकाे छ । ट्रकले माेटरसाइकललाई ठक्कर दिदाँ वीरगंज महानगरपालिकाकाे वडा नं. २३ सवैठवा निवासी ३० बर्षिय सन्तोष कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार दिउसाे २:२५ बजेको समयमा ड्राईपोर्ट गेट अगाडी उत्तरबाट दक्षिण दिशातर्फ गईरहेको प्रदेश २-०३-०२० प ८७९९ नम्वरको पल्सर मोटरसाईकललाई सोही दिशा तर्फ गईरहेको ना.५ ख २२६१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा मो.सा.चालक कुशवाहा गम्भीर घाईते भएका थिए ।

दुर्घटना बारे जानकारी हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएकाे प्रहरी टाेलीले घाईते भएका भारत जिल्ला आदापुर घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिकाकाे वडा नं. २३ सवैठवा निवासी कुशवाहालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाएकाे थियाे ।

गम्भीर घाईते कुशवाहाको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ठक्कर दिने ट्रक र चालक वीरगंज महानगरपालिका कै वडा नं. २४ रामगढवा निवासी ४० बर्षिय ओमबाबु कुर्मीलाई नियन्त्रणमा लिएर मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अदालतमा दुर्गा प्रसाईंको बयान सुरु, आजै बहस र सुनुवाइ हुने

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंकाे बयान पर्सा जिल्ला अदालतमा सुरु भएकाे...

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ । जगरनाथपुर...

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...