Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

ड्राईपोर्टमा सवारी दुर्घटना हँदा पाेखरियाकाे रामकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा न.२४ बहुअरी चोकस्थित ड्राईपोर्टमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । पोखरिया नगरपालिकाकाे वडा नं. १ वनकटवा निवासी ६० बर्षिय विगा रामकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार विहान ११० बजे ड्राईपोर्टबाट परवानिपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री रामलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।

दुर्घटना बारे थाहा पाए लगतै प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले घाईते रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएकोमा चिकित्सकले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ठक्दर दिने लहरी र चालक वीरगंज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी निवासी २४ बर्षिय सुजित यादवलाई नियन्त्रणमा लिएर मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...