Date
आइत, कार्तिक २२, २०८३
Sun, November 8, 2026

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

spot_img
spot_img

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।

२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

अर्का अधिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा जिल्ला अदालतमा सेवाग्राहीमैत्री सुधारदेखि भौतिक पूर्वाधार विकाससम्मका काम

वीरगंज । पर्सा जिल्ला अदालतमा संस्थागत विकास, भौतिक पूर्वाधार सुधार तथा सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै विभिन्न सुधारका कामहरू अघि बढाइएको छ । अदालतका रजिस्ट्रार...

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...