Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रतिबन्धित २८ लाख भारतीय नोट सहित ३ महिला पक्राउ

spot_img
spot_img
वीरगंज । अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगंज सिमानाका हुँदै भित्राउँदै गरेको ३ जना महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
 
वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नुवाकोट साविक गा.वि.स.शिखरवेसी वडा नं.७ बस्ने बर्ष ४५ की अनिता तामाङ्ग, साेही ठाउँ निवासी बर्ष ४४ की सरिता अग्रवाल र जिल्ला धादिङ्ग गाउँको नाम थाहा नभएकी बर्ष ३० की मन्जु तामाङ्गलाई पक्राउ गरेकाे हाे ।
 
सूचनाको आधारमा मिति २०७९।०६।२२ गते बिहान अं.०९;३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौल देखि वीरगंज तर्फ आउँदै गरेका महिलाहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
पक्राउ परेकी अनिता तामाङ्ग र निजको साथमा आएकी मन्जु तामाङ्गले बोकी ल्याएको झोलाबाट स्रोत नखुलेको नगद भारतिय रु. २८ लाख ५६ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।
 
दुबै जनाकाे शरिरको तलाशी लिदाँ निजहरु मध्येका अनिता तामाङ्गको साथबाट भारतिय रु दुई हजारको नोट थान–५५, रु.५ सयकाे नोट थान–५ हजार ३ सय ८० गरी जम्मा भारतिय रुपैया रु.२८ लाख र निजको साथमा आएकी मन्जु तामाङ्गको साथबाट भारतीय रु.५ सयको नोट ११२ थान गरी जम्मा भरतिय रु.५६ हजार फेला परेकाे उनले जानकारी दिए ।
 
निजहरूसंगै भारतबाट आएकी सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा सलंग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएकाे प्रहरीकाे भनाई छ । बरामद नगद रुपैया तथा पक्राउ परेका ३ नै जनालाई आवश्यक कारवाहीको लागि साेमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...