Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजमा जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्साले आफ्ना गतिविधि अगाडि बढाएको छ । आइतबार मनोनयन दर्ता सम्पन्न भए लगतै जसपाले वीरगंजमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेर निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाएको हो ।

सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगंजमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । वनमन्त्री यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् ।

वीरगंजकाे मुर्ली टोलमा स्थापित कार्यालयको यादवले रिबन काटेर उद्घाटन गरेको थिए । क्षेत्रीय सम्पर्क कार्यालयबाट आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुने पार्टीले जनाएको छ ।

क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गर्दै यादवले आगामी निर्वाचनमा आफू निर्विकल्प भएको बताए । पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेर आफूले क्षेत्रमा विकासको लहर ल्याएको दावी गर्दै जनताले आफ्नो कामको मूल्यांकन गरेर पुन: निर्वाचित गराउने बताए । यादव यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

उद्घाटनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका सभापति अजय सोनार, पूर्व सभापति नेक मोहम्मद मियाँ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...