Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पर्सा १ बाट प्रतिनिधिसभामा वन मन्त्री यादवकाे उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतबार दिउँसाे वीरगंजस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनाेनयन दर्ता गरेका हुन् ।

जसपाकाे केन्द्रीय राजनीतिक समिति सदस्य समेत रहेका यादव, २०७४ काे निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

आइतबार मनाेनयन दर्ता पछि सन्चारकर्मीसंग कुरा गर्दै यादवले पर्साका चार वट‌ै प्रतिनिधिसभा र आठ वटै प्रतिनिधी सभा क्षेत्रमा जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुकाे जित सुनिश्चित रहेकाे दाबी गरे ।

यसअघि जनताकाे भोटलाई आफुले आशीर्वाद बुझेर निरन्तर सेवा गरेकाे वताउँदै उनले पुनः यसपटक वृहत मतदान गरेर आफुलाई मतदाताले निर्वाचित गराउने विश्वस्त रहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...