Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंजकाे रानिघाटस्थित एक मसाला उद्योगमा आगलागी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० रानिघाटमा शुक्रबार विहान एक मसाला फ्याक्ट्रीमा भीषण आगलागी हुँदा लाखौको क्षति भएको छ । रानिघाटस्थित कुमारी माई मन्दीर नजिकै रहेको प्रभु प्रसाद कलवारको रम्भा मसाला उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान दुई बजे उद्योगमा बिजुली सर्ट हुँदा आगलागी भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी हुँदा उद्योगमा रहेको कच्चापदार्थ, मसाला लगायत लगभग ५० लाखको समान जलेर क्षति भएको पिडितले जनाएका छन् ।

आगोलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिल्लीराज सापकोटाको नेतृत्वमा रहेको प्रहरी टोली, स्थानियवासी र वीरगंज महानगरपालिकाको बारुण यन्त्र सहित ६ वटा बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

उनले दिएको जानकारी अनुसार पिडितले आगोले जलेर करिब ५० लाखको क्षति भएको दाबी गरेपनी यकिन बिवरण संकलन गर्ने काम भइरहेको छ । आगलागीमा कुनै मानवीय क्षती भने नभएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...