Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

अलाैंमा नि:शुल्क घुम्ती सिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरग‌ंज महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा बुधबार नि:शुल्क घुम्ती सिविर सम्पन्न भएकाे छ । शिविरमा १५० महिलासहित ३७० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा नि:शुल्क औषधी वितरण गर्नुकाे साथै स्वास्थ्य जाँच तथा डेंगु रोग सम्वन्धी पर्चा पम्पलेट समेत वितरण गरिएकाे वीरगंज सामुदायिक आखाँ हस्पिटलका संयाेजक महेश धामीले जानकारी दिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा, वीरगंज सामुदायिक आँखा हस्पिटल वीरगंज, रुँगटा वेल फेयर सोसाइटी वीरगंज र प्रभु हस्पिटल वीरगंजको सयुक्त आयोजनामा तथा वीरगंज महानगरपालिकाकाे वडा नं. १७ का वडाध्यक्षय संन्जु छतकुलीको सहयोगमा शिविर आयाेजना गरिएकाे थियाे ।

शिविरमा प्रभु अस्पतालका बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. मनोज गुप्ता एवं वरिष्ठ महिला स्त्रीरोग विशेषज्ञ लक्ष्मी थापा गुप्ताको नेतृत्वमा बाल रोग विशेषज्ञ डा.असलम अन्सारी, आँखाका नेत्रसहायक प्रभात चौरसियाले सहभगिता स्वास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

वडाध्यक्ष छत्कुलीकाे सभापतित्व र रुङ्टा वेल फेयर सोसाइटीका सुरेश रुङ्ग्टाको प्रमुख आतिथ्यमा भएकाे शिविरमा शसस्त्र प्रहरी निरीक्षक तिर्थ न्यौपाने, ग्रिन सिटी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, सुभाष थापा, कार्यक्रम संयाेजक दिलिप राज कार्की, अभियन्ता शिव राज पटेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...