Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वनमन्त्री प्रदीप यादव अमेरिका प्रस्थान

spot_img
spot_img

वीरगंज । ग्लोबल मिथेन क्लाईमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।

ग्लोबल मिथेन फोरमको आयोजना असोज ११ गतेदेखि १५ सम्म चल्ने कार्यक्रममा सहभागी हुन मन्त्री यादव आइतबार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ जान लाग्नुभएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्याँस उत्सर्जन न्यूनिकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नु हुनेछ ।

त्यसकासाथै मन्त्री यादव मिथेन र अन्य अल्पकालीन जलवायू प्रदूषकहरूलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय भइरहेका प्रयास, विकसित मुलुकहरुले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्नु हुनेछ ।

कार्यक्रममा यसअघि सोही विषयमा भएका छलफल माथि हालसम्मको प्रगती र विभिन्न राष्ट्रहरुले मिथेन ग्याँस उत्सर्जन न्यूनीकरण गर्न गरिरहेका प्रयासहरुको बारेमा पनि छलफल हुने मन्त्री यादवको सचिवालयले जनाएको छ ।

अमेरिकाको राजधानी वासिङ्गटन डिसी सहरमा हुने उक्त कार्यक्रममा ६० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...