Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरीमा एकै दिन एक दर्जन याेजनाकाे सहरी बिकास मन्त्री चाैधरीद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकामा एकै दिन एक दर्जन याेजनाकाे शिलान्यास भएकाे छ । ठाेरीमा निर्माण हुले ठाेरी माधाे ताल, विजयबस्ती सभाहल, पंचेश्वरी धाम, ठाेरी भन्सार बजार पूर्वाधार निर्माण लगायतकाे याेजनाकाे नेपाल सरकारका सहरी बिकास मन्त्री मेटमणि चाैधरीले आइतबार शिलान्यास गरेका हुन् ।  

यी सबै याेजनाहरु सहरी बिकास मन्त्रालयकाे सहयाेगमा ठाेरी गाउँपालिकाकाे विभिन्न ठाउँमा निर्माण हुने वताइएकाे छ ।

ठाेरी गाउँपालिकाकाे वडा नं. २ मा निर्माण हुने ठाेरी माधव तालकाे शिलान्यास गर्दै मन्त्री चाैधरीले ठाेरीकाे विकासकाे लागि तालले भुमिका खेल्ने वताए । ठाेरीकाे छुट्टै इतिहास र महत्व रहेकाे वताउँदै उनले माधव तालसहित दर्जनाै याेजनाहरुकाे शिलान्यासले ठाेरी बिकासकाे मुल फुटेकाे वताए ।

नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका मन्त्री चाैधरीले विकासकाे सवालमा जुन सुकै पार्टीकाे भएपनि सबैले सहयाेग गर्नु धारणा राखे । उनले ठाेरीकाे विकासमा हाम्राे पनि याेगदान रहाेस भन्ने उद्देश्यले आफु ठाेरी पुगेकाे वताए । 

ठाेरी गाउँपालिकाका अध्यक्ष लालबाबु श्रैष्ठले एक अर्बकाे लागानीमा ठाेरी माधव तालकाे निर्माण सम्पन्न हुने भएपनि सुरुमा ५० कराेड सम्मकाे लगानीमा बाेट चलाउन सकिने वताए ।

यसैगरी सहरी विकास मन्त्रालय कै याेजना अन्तर्गत नै ठाेरी गाउँपालिकाकाे वडा नं. ४ विजयवस्ती आधुनिक किसिमकाे सभाहल निर्माण सभाहल निर्माण हुने गाउँपालिका अध्यक्ष श्रेष्ठले वताए । सभाहल निर्माण गर्न ५ कराेड लगानी लाग्ने वताउँदै श्रेष्ठ तुरुन्त नै काम पनि सुरु हुने वताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा सहरी बिकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, सह सचिव पदम कुमार मैनाली, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा बहादुर खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, ठाेरी गाउँपालिकाकी उपाध्यक्ष गुकुली कुमारी रेग्मी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनाेज पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...