Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026

गाैतम स्कुलले मनपरी तरिका बढाएकाे शुल्ककाे विराेध, विद्यालय बन्द

वीरगंज । गौतम माध्यमिक विद्यालय वीरगंजले मनपरी ढंगले ४५ प्रतिशत बृद्धि गरेकाे शुल्ककाे अभिभावकलहरु विराेध गरेका छन् । अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा राेकेकाे छ ।

- Advertisement -

विद्यालयले विद्यार्थीहरुकाे रिजल्ट राेकेकाे अभिभावकहरकाे गुनासाे पश्चात शनिबार विद्यालयमा पुगेका अभिभावक संघर्ष समिति र अनेरास्ववियु लगायत विभिन्न बिद्यार्थी संगठनहरुसंग गाैतम स्कुलका प्रशासनले बाउन्सर प्रयाेग गरि दुर्व्यवहार समेत गरेकाे छ ।

शनिबार विद्यालयले वितरण गर्न लागेकाे ‍रिजल्ट बृद्धि गरेकाे शुल्क नतिर्ने विद्यार्थीहरुकाे रिजल्ट राेकेपछि पुगेकाे अभिभावकहरु र विद्यार्थी नेताहरुलाई विद्यालयले बाउन्सर र प्रहरी प्रशासनकाे माध्यमले दुर्व्यवहार गर्दै उल्टै धम्काउने काम गरेकाे अनेरास्ववियुका नेता मेराजुल हवारीले वताए ।

विद्यार्थीलाई पढाईमा अवरोध गर्ने शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने र शुल्कको बहानामा विद्यार्थीलाई रिजल्टबाट वञ्चित गर्ने  गाैतम स्कुलकाे कार्य गलत भएकाे उनले वताए ।

अभिभावक र विद्यार्थीकाे समस्या बारे बुझ्न विद्यालयमा पुग्दा उल्टै विद्यालय प्रशासनले धाकधम्की दिएकाे बिराेधमा अनेरास्ववियु लगायत अन्य विद्यार्थी सङ्गठन र अभिभावक संघर्ष समितीले छलफल गरि थप संघर्षकाे कार्यक्रम अगाडि बढाउने विद्यार्थी नेता हवारीले जानकारी दिए ।

अभिभावहरुले पुनाराे शुल्क अनुसारकाे बाकी रहेकाे फिय तिर्न राजि भएकाे र महानगरपालिकाले मासिक शुल्क लगायतका अन्य शुल्क निर्धारण गरेपछि नयाँ अनुसारकाे शुल्क तिर्न वताएपनि विद्यालय प्रशासनले् नमानेपछि केही बेर विवाद समेत भएकाे थियाे ।

गौतम माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विषयमा अवाज उठाउँदा बाउन्सरको रुपमा पैंसाकाे बलमा पालेको गुन्डाहरु बोलाएर धाक-धम्कीपूर्ण दबाब दिएको र साथ साथै प्रशासनको सहायताले आवाज दबाउने जस्तो निन्दनीय कार्य भएकाे वताउँदै अनेरास्ववियु पर्साले एक प्रेस विज्ञप्ती जारि गर्दै खेद समेत प्रकट गरेकाे छ ।

गौतम माध्यमिक विद्यालयले विभिन्न शिर्षकमा मनपरी तरिकाले शुल्क असुली गर्दै आएको छ । अभिभावहरुका अनुसार विद्यालयले गुणस्तरिय शिक्षाकाे नाममा ४५ प्रतिशत सम्म शुल्क बृद्धि गरेकाे छ । २५ सय देखि ५० हजार सम्म बार्षिक डिपोजिट गर्न लगाउने गरेकाे छ । तर त्यस अनुसार शिक्षा प्रदान गरेकाे छैन । नाम चलेकाे आधारमा मात्र विद्यालय प्रतिकाे आक्रषण रहेकाे छ ।

यसैबिच विद्यालयले एक सूचना जारी गर्दै अनिश्चितकालिनकाे लागि विद्यालय बन्द रहने जनाएकाे छ ।

जारि सूचनामा विद्यालय परिसर भित्र शान्त वातावरणमा मिति २०७९/०६/०८ गते शनिवार प्रथम त्रैमासिक परीक्षा २०७९ को परीक्षाफल वितरण कार्य भइरहेको समयमा केही असामाजिक तत्वहरुबाट शान्ति क्षेत्र घोषित विद्यालय परिसर भित्र प्रवेश गरी शिक्षक-कर्मचारी सँग अभद्र व्यवहार प्रदर्शन भएकाे उल्टै विद्यालयले आराेप लगाएकाे छ ।

राष्ट्रिय पर्व बडा दशैंको पूर्व सन्ध्यामा अति निन्दनीय अराजक वातावरण बारम्बार सिर्जना गरी विद्यालयमा परीक्षाफल वितरण कार्यमा बाधा पुऱ्याएको हुँदा विद्यालयले पठन-पाठनमा गुणवत्ता कर्तव्यनिष्ठा, दायित्व, जिम्मेवारी आदि सम्पूर्ण कार्यहरु निर्वाह गर्दागर्दै पनि विद्यालयको वातावरण बिथोलिन गएकोले विद्यालयका शिक्षक-कर्मचारी तथा विद्यार्थीहरुको सुरक्षा र सामान्य अवस्था स्थापित नभए सम्म बाध्य भई असाेज ९ गते आइतबारदेखि अनिश्चित कालकालागि विद्यालय बन्द गरिएको विद्यालयले जनाएकाे छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

किन भयो हरिखेतान क्याम्पसमा लज्जास्पद घटना ? जिम्मेवार को ?

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको विवाद बिहीबार दुर्व्यवहार र कुटाकुटको घटनामा परिणत भएको छ । क्याम्पस परिसरमै शिक्षकहरूबीच हातपात...

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको...

अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई ४० हजार जरिवाना

वीरगंज । पर्सा प्रशासनद्वारा वीरगंजका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य मासु बिक्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि दुई व्यवसायीलाई जरिवाना...