Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

स्व. काशी तिवारीको घडिअर्वामा शालिक अनावरण

spot_img
spot_img

वीरगंज । तत्कालिन हिन्दू युवा संघका अध्यक्ष स्वर्गिय काशी तिवारीको १२ बर्षपछि शालिक अनावरण गरिएको छ । विश्व हिन्दू परिषद नेपालले वीरगन्ज १० घडिअर्वा स्थित शिवपार्वती मन्दिर अगाडी स्वर्गिय तिवारीको शालिक निर्माण गरेपछि शनिबार अनावरण गरिएको हो ।

विश्व हिन्दू परिषद नेपाल, पर्साले आयोजना गरेको एक कार्यक्रमका विच अनन्त श्रीविभूषित स्वामी धतुर्भुजाचार्य चुडामणिजी महाराजले स्वर्गिय तिवारीको शालिकको अनावरण गरेका हुन । शालिक अनावरण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धर्तुर्भुजाचार्य चुडामणिजीले विश्व हिन्दू परिषले धर्म, संस्कृति र राष्ट्रको रक्षाको निम्ती बलिदानी दिएका स्वर्गिय काशी तिवारीलाई उचित मुल्यांकन गरी सम्मान गरेकोमा आफूलाई गर्भावान्वीत भएको बताए ।

उनले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँनेलाई मात्र सहयोग गर्नुपर्छ हिन्दू विरोधीहरुलाई समाजबाट नै बहिष्कार गर्न सुझाव समेत दिए ।

हामी हिन्दूहरु राष्ट्रको गौरव र देशको सम्मान र सत्रुको लागि मरिमेट्नु पर्छ, उनले भने, ‘ महाभारतको युद्धमा अर्जुन पन्चपाण्डेले धर्म रक्षा र न्यायको रक्षाको लागि लडेका थिए । जसमा अर्जुनले आफनो विर योद्धाहरुको बलिदानी दिएका थिए ।’ राष्ट्र नेपालले पनि विर सपुत काशी तिवारी जस्तो महान योद्धालाई आहुती दिएर राष्ट्र, धर्म संस्कृति निर्माणको अभियान शुरु भएको वताए ।

देशकाल परिस्थितीले एतिहास बनाउँन्छ, वीरगंजबाट नै देशलाई पुन हिन्दू राष्ट्र कायम गराएर नयाँ एतिहास बनाउँछ, उनले भने । देशमा परिर्वतनको शुरुवात भईसकेको छ, उनले भने, ‘ हिन्दू धर्म विरोधी नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई संसद बाहिर लखेट्नु पर्छ ।’ हामी एक तर्फ धर्म विरोधको पक्षमा लागेका छौ, र अर्को तर्फ धर्मको रक्षाको लागि हिडिरहेका छौ, यो प्रवृति गलत हो हिन्दू र राष्ट्र विरोधी नेताहरुको खुलेर विरोध गर्नुपर्छ ।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका महासविच जितेन्द्र कुमार सिंहले हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लागेको स्वर्गिय काशी तिवारीले पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनले हिन्दू राष्ट्र पुनस्थापनाको निम्ती दिएको बलिदानी खेर हुन नदिने प्रतिबद्धता जनाए ।

उनले देशको सम्पूर्ण हिन्दू समाज एकजुट हुने बेला आएको बताए । उनले भने, “विश्व हिन्दू परिषद नेपाल समग्र हिन्दू समाजको संगठन हो, यसले ३२ राष्ट्रका हिन्दू समाजको आवाजलाई बुलन्द गर्ने काम गर्छ । अहिले पनि नेपाल बहुसंख्यक हिन्दूको देश हुदाँ पनि हिन्दू समाज एकजुट हुन नसक्दा गैरहिन्दूहरु हिन्दूमाथि नै हाबी भईरहेका छन “

समाजसेवी एवम् उद्योगपति अशोक बैद्यले अहिले पनि नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो र रहने बताए । विगतमा राजनितिक व्यक्तिहरुले आफनो स्वार्थका लागि नेपाललाई जबरजस्ती धर्मनिरपेक्षता लादेको आरोप लगाए । राजनितिक दलले जनताको मत विना नै ल्याएको धर्मनिरपेक्षता हिन्दू समाजलाई कुनैपनि हालतमा मान्य नहुने बताए ।

कार्यक्रममा बाबा बजरंगी दासले जातीय समिकरण गरेर राजनितिक लाभ लिने काम मात्र भईरहेको छ, जातिया स्वार्थभन्दा माथि उठेर समग्र हिन्दू समाज एकजुट भएमात्र नेपाललाई पुन हिन्दू राष्ट्र कायम गराउँन सकिने बताए ।

वीरगंज ८ घडिअर्वाका पूर्व वडा समितिका अध्यक्ष नगिना साहको अध्यक्षतामा आयोजित शालीक अनावरण कार्यक्रममा शिवपार्वती धर्मशालाका अध्यक्ष परमानन्ध साह, स्वर्गिय काशी तिवारीकी पत्नी बबिता तिवारी लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

स्वर्गिय तिवारीको २०६७ असार १२ गते निर्मता पूर्वक अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । जनआन्दोलनको फाईदा उठाउँदै तत्कालिन नेकपा माओवादी सहितको सात दलले युरोपियन मुलुकको प्रभावमा परि जनताको मत नै नबुझि विश्वको एकमात्र हिन्दू राष्ट्र देश नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेसंगै देशभरी नै धर्मनिरपेक्षता खारेजीको माँग उठेको थियो ।

२०६७ सालामा हिन्दू युवा संघले पनि वीरगंजमा हिन्दू राष्ट्र कायम गराउँन चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरेको थियो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका सात दलले जबरजस्ती ल्याएको धर्मनिरपेक्षता खारेजीको माँग गर्दै सात दल विरुद्ध दिनहू वीरगंजमा जुलुस नारा सहित प्रदर्शन हुँदै आएको थियो ।

तत्कालिन नेकपा माओवादीले हिन्दू युवा संघको आन्दोलनको कार्यक्रमलाई चुनौती दिदै २०६७ बैशाखको दोश्रो साता वीरगंजमा अनिश्चितकालिन आमहड्तालको आह्वान गरेको थियो ।

हिन्दू राष्ट्रको पक्षमा हिन्दू युवा संघको आन्दोलन जारी रहेकै बेलामा माओवादीले घण्टाघर चौकमा मन्च बनाई विरोधको कार्यक्रम गईरहँदा दुवै पक्षविच झडप भएको थियो । स्थिती भयावह हुँदै गएपछि व्यापक रुपमा परिचालन गरिएको प्रहरीले लाठी चार्ज गर्दा दुवै समूहका दर्जनौ कार्यकर्ता घाईते भएको थियो ।

घट्ना पश्चात स्थिती केहि दिनसम्म साम्य भएको थियो । २०६७ असोज १२ गतेका दिन हिन्दू युवा संघको अध्यक्ष काशी तिवारी घडिअर्वा स्थित शिवपार्वती धर्मशामा छलफल पश्चात मन्दिर अगाडी उभिएको अवस्थामा मोटरसाईकलमा आएको अज्ञात हतियारधारी समूहले उनमाथि अन्धाधुन गोली प्रहार गरेका थिए ।

गम्भीर घाईते भएका तिवारीलाई तत्काल उद्दार गरी वीरगंजकाे नारायणी अस्पतालमा पु¥याउँदा उपचारको क्रममा मृत्यु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...