Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

आमाको हत्या आराेपमा छोरा पक्राउ

spot_img
spot_img
वीरगंज । बाराकाे कलैयामा आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ रंगपुर टोल निवासी २५ बर्षिय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
भदाै ३० गते साँझ ६:१५ बजेको समयमा‍ आमा तेतरी देबी घरमा बसी रहेको बेला सामान्य घरायसी विवाद हुँदा छाेरा जयकिशाेरले  आमाकाे घाँटीको अगाडी भागबाट खुकुरी प्रहार गरेपछि घटनास्थल मै मृत्यु भएको थियाे ।
 
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले फरार रहेका हत्यामा संलगन छोरा जयकिशोरलाई पर्साकाे ईनर्वाबाट पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
 
अनुसन्धानकाे क्रममा मृतक तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको र निजको श्रीमान शिवनारायण यादव समेतलाई नियन्त्रण लिई सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न...

अदालतमा दुर्गा प्रसाईंको बयान सुरु, आजै बहस र सुनुवाइ हुने

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंकाे बयान पर्सा जिल्ला अदालतमा सुरु भएकाे...

विपन्न महरा परिवारलाई बिरजेश्वर चौधरी दम्पतीद्वारा खाद्यान्न तथा कपडा सहयोग

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली निवासी अत्यन्तै विपन्न जोगिन्दर महराको छोरीको निधनपछि शोकमा रहेको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरिएको छ । जगरनाथपुर...