Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाद्वारा राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएकाे बताएका छन् ।

वीरगंजमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीकाे ईशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे आराेप लगाए ।

उनीहरूले नागरिकता विधेयक फेल गराउनु सदियाें देखिकाे मधेसी माथिकाे विभेदलाई निरन्तरता दिनु भएकाे पनि बताए ।

जसपाका नेता, कार्यकर्ताका साथै उक्त पार्टी निकटका बुद्धिजीवी, प्राध्यापक,शिक्षक, अधिवक्ताहरु सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारी र त्यसमा भूमीका खेल्ने एमाले पार्टीकाे जनताका बिचमा गएर भण्डाफाेर गर्नुपर्नेमा जाेड पनि दिए ।

उनिहरुले अंवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीलाई नैतिकताको हिसाबले अब एक क्षण पनि पदमा बस्न नमिल्ने भएकाले राजिनामा दिएर राष्ट्रपति पदकाे गरिमालाई कायम राख्न सुझाव पनि दिए । गैर संवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीकाे बचाउमा उत्रिएर एमाले र उसका अध्यक्ष केपि ओली मधेस र मधेसी विराेधी रहेकाे तथ्य फेरि पनि पुष्टि भएकाे उनिहरुकाे तर्क थियाे ।

जसपा पर्साका सचिव तबरेज अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनीतिक समिति सदस्य देवेन्द्र मिश्र, प्रदेशसभा सदस्य करिमा बेगम, जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, सह इन्चार्ज महाराज यादव, अधिवक्ता सुरेन्द्र कुर्मी, नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, सलमा खातुन लगायतले आ आफ्नाे धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...