Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजकाे रानिघाट, विर्ता र मुर्लीमा १७५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजकाे ३ स्थानमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । विभिन्न संस्थाकाे आयाेजनामा भएकाे कार्यक्रममा ७ महिलासहित १७५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।

दुर्गा पुजा सेवा समिति रानिघाटले आयाेजना गरेका कार्यक्रममा ७ महिलासहित ९५ जनाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए ।

दुर्गा पुजा स्थल मै भएकाे कार्यक्रममा कृष्णा चाैरसिया, अशाेक श्रीवास्तव, सतिश सिंह राजपुत, संजय साह, रवि राैनियार, दिपेश कुमार कर्ण, सशिकान्त ठाकुर, दिपेन्द्र चाैधरी, पुर्षाेत्म साह, मनिष कुमार साह, प्रदिप साह, राहुल गुप्ता, गिता देवी, रहिना खातुन, अएशा खातुन, राजु गुप्ता, राजेश पटेल, विजय राम, विशाल गुप्ता, संताेष सहनी लगायतकाले रक्तदान गरेका हुन् । 

यसैगरी विर्ता युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा ४९ जनाले रक्तदान गरेकाे पाण्डेले वताए । विर्तामाई मन्दिरमा भएकाे कार्यक्रममा राजु बस्नेत, दिपक शर्मा, डेभिड थापा, पानालाल पटेल, अर्जुन साह, साेनु तिवारी, दिपेन्द्र प्रसाद पाण्डे, रमेश गुप्ता, अलाेक कुमार, मुकेश कुमार सिंह, जगत प्रसाद साह, विपिन कुमार, दिपु सर्राफ लगायतकाले रक्तदान गरेकाे उनले वताए ।

यसैगरी प्रेन्डस ओरगनाइजेसन साेसल एक्टिभिटिस एण्ड सर्भिसकाे आयाेजनामा मुर्लीमा भएकाे कार्यक्रममा ३१ जाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...