Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

वीरगंजकाे रानिघाट, विर्ता र मुर्लीमा १७५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजकाे ३ स्थानमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । विभिन्न संस्थाकाे आयाेजनामा भएकाे कार्यक्रममा ७ महिलासहित १७५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।

दुर्गा पुजा सेवा समिति रानिघाटले आयाेजना गरेका कार्यक्रममा ७ महिलासहित ९५ जनाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए ।

दुर्गा पुजा स्थल मै भएकाे कार्यक्रममा कृष्णा चाैरसिया, अशाेक श्रीवास्तव, सतिश सिंह राजपुत, संजय साह, रवि राैनियार, दिपेश कुमार कर्ण, सशिकान्त ठाकुर, दिपेन्द्र चाैधरी, पुर्षाेत्म साह, मनिष कुमार साह, प्रदिप साह, राहुल गुप्ता, गिता देवी, रहिना खातुन, अएशा खातुन, राजु गुप्ता, राजेश पटेल, विजय राम, विशाल गुप्ता, संताेष सहनी लगायतकाले रक्तदान गरेका हुन् । 

यसैगरी विर्ता युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा ४९ जनाले रक्तदान गरेकाे पाण्डेले वताए । विर्तामाई मन्दिरमा भएकाे कार्यक्रममा राजु बस्नेत, दिपक शर्मा, डेभिड थापा, पानालाल पटेल, अर्जुन साह, साेनु तिवारी, दिपेन्द्र प्रसाद पाण्डे, रमेश गुप्ता, अलाेक कुमार, मुकेश कुमार सिंह, जगत प्रसाद साह, विपिन कुमार, दिपु सर्राफ लगायतकाले रक्तदान गरेकाे उनले वताए ।

यसैगरी प्रेन्डस ओरगनाइजेसन साेसल एक्टिभिटिस एण्ड सर्भिसकाे आयाेजनामा मुर्लीमा भएकाे कार्यक्रममा ३१ जाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...