Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

अलपाइन स्कुलमा छात्रामाथि याैन दुर्व्यवहार, शिक्षक मियाँ पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजकाे श्रीपुरमा रहेकाे अलपाइन स्कुलमा शिक्षकले एक छात्रमाथी याैनजन्य दुर्व्यवहार गरेका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

अलपाइन स्कुलमा अध्ययनरत एक बालिका माथि याैन दुर्व्यवहार गरेकाे आराेप नेपाली बिषयका शिक्षक ताज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

अभिभावकले दिएकाे उजरिकाे आधारमा असाेज ५ गते मियाँलाई पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गराई बाल याैन दुर्व्यवहार अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएकाे प्रवक्ता गिरिले जानकारी दिए ।

पिडित बालिका कक्षा ६ मा अध्ययनरत रहेकी छन् । शिक्षक मियाँले विद्यालयमा आफुलाई दुर्व्यवहार गरेकाे अभिभावलाई वताएपछि अभिभावकले प्रहरी कार्यालयमा उजरी दिएका थिए । त्यसपछि प्रहरीले शिक्षक मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडी बढाएकाे हाे ।

दुर्व्यवहार आराेप लागेका शिक्षक मियाँकाे स्थायी घर पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ मा भएपनि उनी वीरगंज मै बस्दै आएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...