Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

सत्तागठबन्धन निकट पर्साका युवा संगठनहरुद्वारा राष्ट्रपतिलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । सत्ता गठबन्धन दल निकटका पर्साका युवा संगठनहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरोधमा आपत्ती जनाउदै राष्ट्रपति विधादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले राष्ट्रपति भण्डारीको ध्याानाकर्षण गराएका हुन् ।

काँग्रेस निकटको नेपाल तरुण दल, माओवादी केन्द्र निकटको वाइसियल नेपाल, जसपा निकटको समाजजवादी युवा संघ र एकीकृत समाजवादी निकटको युवा संघ नेपालले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाएका हाे ।

ज्ञापनपत्र मार्फत उनिहरुले संविधानको पूर्ण पालना र संरक्षणको लागि राष्ट्रपति भण्डारीसंग माग गरिएको युवा संघ नेपाल केन्द्रिय सदस्य पर्साका ईन्चार्ज अनिल पटेलले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान र सवैधानिक व्यवस्था माथि नै गम्भीर रूपले प्रहार गरेको ठहर युवा संगठनहरुको छ ।

राष्ट्रपति भण्डारीको यो गैर संवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन पनि भएको भन्दै इन्चार्ज पटेलले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता माथि नै गम्भीर प्रहार भएको युवा संगठनहरुको ठहर रहेको बताए ।

त्यसैले नागरिकताबाट बन्चित लाखौ युवा युवतीहरुको हक अधिकरको सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले संविधानको पूर्ण पालना र संरक्षणको लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको युवा संघ नेपालका केन्द्रीय सदस्य सञ्जु चौधरीले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा तरुण दल पर्साका सचिव विवेक चौरसीया, वाइसियल नेपालका पर्सा इन्चार्ज सन्तोष पटेल, , समाजजवादी युवा संघका पर्सा अध्यक्ष गौरव बर्मा र युवा संघ नेपालका पर्सा अध्यक्ष श्रीलाल कुशवाहा, वाइसियल पर्साका संयोजक दिपेन्द्र पटेल लगायतको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले...

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका...