Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

रानिघाटमा रहेकाे मानव सेवा आश्रम श्रीसियामा सारिदै

spot_img
spot_img

वीरग‌ंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ९ रानिघाटमा रहेकाे मानव सेवा आश्रम अर्काे ठाउँमा सर्ने भएकाे छ । मानव सेवा आश्रमले बिहिबार आश्रम मै पत्रकार सम्मेलनकाे आयाेजना गरी रानिघाटस्थित रहेकाे आश्रम वीरगंज महानगरपालिका कै वडा नं. २५ श्रीसियामा सार्न लागिएकाे जानकारी गराएकाे हाे । 

मानव सेवा आश्रमकाे लागि श्रीसियामा उपल्ब भएकाे भवनमा आश्रममा रहेकाहरुलाई असाेज १० गते घटस्थापनाकाे दिन सार्न लागिएकाे मानव सेवा आश्रम वीरगंजकी सानु गुरुङले वताइन । हाल आश्रममा ५० जना रहेकाे वताउँदै रानिघाटस्थित भवनमा सेवा दिन ग्राहाे भइरहेकाेले नयाँ भवनमा सार्न लागिएकाे उनले जानकारी गराइन ।

पत्रकार सम्मेलनमा वाेल्दै गुरुङले दशै, तिहार एवं छठ पर्वको बेला अझै थप्न सकिने भएकोले सेवा सहज होस भनी रानिघाटबाट नयाँ भवन श्रीसियामा सार्न लागिएकाे वताइन ।

रानिघाटस्थित भाडाकाे भवनमा रहेकाे आश्रम निशुल्क रुपमा श्रीसिया उपल्ध भएकाे १८ काेठे सुविधा सम्पन्न भवनमा सार्न लागिएकाे मानव सेवा आश्रमका दिवेश गुप्ताले वताए । उनले यहाँ भन्दा त्याँहा प्रयाप्त, फराकिलाे र सुविधा सम्पन्न ठाउँ भएकाे सार्न लागिएकाे वताए । 

प्रदेश सभा सदस्य रमेश कुर्मीकाे संसदिय काेषबाट निर्माण भएकाे भवनमा आश्रमकाे आफ्नाे भवन नबन्नुजेल सम्मकाे लागि सार्न लागिएकाे वताइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...