Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

रामवनमा मन्त्री यादवद्वारा चिडियाखानाको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास गरिएको छ । संघ सरकारकाे वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखानाकाे शिलान्यास गरेका हुन्।

चिडियाखानाको शिलान्यास गर्दै मन्त्री यादवले एक अर्बभन्दा बढीको लागतमा चिडियाखाना स्थापना हुन लागेको बताए । चिडियाखाना पर्सा जिल्ला र समग्र मधेस प्रदेशको एक प्रमुख पर्यटकीयस्थल बन्ने उल्लेख गर्दै उनले यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत वीरगंजमा आउने दावी वन मन्त्री यादवको छ । मन्त्री यादवले पर्सामा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने बाल्यकालको कल्पना पुरा गर्ने अवसर मिलेको बताए ।

‘एसएलसी पछि काठमाडौं घुम्न गएका थियौं, टिकट काटेर जाउलाखेलको चिडियाखाना भित्र पस्यौं । त्यहि बेला वीरगंजमा पनि चिडियाखना भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । आज आफैंले शिलान्यास गर्ने अवसर मिल्यो’, मन्त्री यादवले भने ।

उनले मन्त्री बनेदेखि आफूले घोषणा गरे अनुसार प्रदेशकै पहिलो चिडियाखाना (पर्सा प्राणी उद्यान) स्थापना गरेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...