Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बिल बिजक भन्दा बढीकाे सामानहरू लोड रहेका ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बुधबार राती ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 उक्त ट्रक नियन्त्रणमा लिई रू. एक करोड १८ लाख ७६ हजार ६ सय एकानव्वे मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...