Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजकाे केन्द्रिय महाधिवेशनकाे उद्घाटन समाराेह भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपालकाे तेस्राे केन्द्रिय महाधिवेशनकाे उद्घाटन समाराेह बुधबार सम्पन्न भएकाे छ । वीरगंजमा सुरु भएकाे महाधिवेशनकाे उद्घाटन मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र साहले गरेका थिए । 

वीरगंजकाे घण्टाघरस्थित सहिद पार्कमा भएकाे महाधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दं अर्थ मन्त्रि साहले देशका सात वटै प्रदेश मध्ये मधेस प्रदेश अझै पनि सबै भन्दा पछाडि परेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले विकासको हरेक सुचांकमा मधेस प्रदेश पछाडि परेको बताए । उनले भने ,‘ शिक्षा, स्वास्थ्य , भौतिक पुर्वाधार लगायत सबै क्षेत्रमा मधेस पछाडि परेको छ, त्यसैले शिक्षामा सबै भन्दा पहिले फड्को मार्नु पर्छ ।

मन्त्री साहले शिक्षा बेगर विकास सम्भव नभएकाले सबै भन्दा बढि शिक्षामा जोड दिनु पर्ने बताए । उनले तेली जातिको सशक्तिकरणका लागि पनि पहिलो आवश्यकता शिक्षा नै भएको बताए । उनले तेली लगायतका बैश्य जातिहरुको विकासका लागि भारतमा ओबीसीको जस्तै नेपालमा पनि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

ओबिसीको राजनीतिक पहुच अब सिंहदरबार सम्म पुर्याउनका लागि तेली कल्याण समाजले भुमिका खेल्नु पर्ने पनि उनले बताए ।

वीरगंजमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको पनि उनले बताए । उनले भने ,‘ तेली जातिलाई राष्ट्रिय पहिचान दिलाउन यो महाधिवेशन सफल भएकोे छ, अब हाम्रो जातिकोे पहुच र सहभागीता मधेस सरकारमा मात्र नभई सिंहदरबारमा पनि पुर्याउनु पर्छ ।

सर्लाही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमाेद साहले बैश्य समाजकाे एकता जरुरी रहेकाे वताए । उनले विभिन्न जातजातिमा विभाजित बैश्य समाज बिच एकीकरण गरी कलष्टर निर्धारणकाे लागि अगाडी बढनु पर्ने धारण राखे ।

तेली कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संविधान सभा सदस्य एवम् पूर्व मन्त्री अरविन्द साह, भारत विहारका पूर्व विधान परिषद सदस्य लालबाबु प्रसाद साह, प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, निरा साह, दिलिप साह, मधेशी आयाेगकी सदस्य रेणु साह, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए  ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले संचालन गरेकाे कार्यक्रममा स्वागत मन्तव्य तेली कल्याण समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जगदिश प्रसाद साहले राखेका थिए ।

उद्घाटन समाराेहमा गायक रविराज साह, माेहित साह लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । अधिवेशनकाे बन्द सत्र वीरगंजस्थित नै नगर सभा गृहमा हुने आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...