Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

वीरगंजबाट विना भिसा नेपाल आएका दुई अर्जेन्टिना नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । बिना भिसा नेपाल प्रवेश गरी ८६ दिन देखि नेपालकाे विभिन्न ठाउँ भ्रमण गरिरहेका दुई जना अर्जेन्टिना नागरिक वीरगंजबाट पक्राउ परेका छन् ।

पासपोर्ट नं. एएसि१८७५५८ भएकाे पब्लाे ग्वस्ताभाे लाेहाेज र पासपोर्ट नं. एएजि९५६४१६ भएकाे मेलानी डिसेरी डिफाजियाे पक्राउ परेकाे अध्यागमन कार्यालय वीरगंजले जनाएकाे छ ।

२०२२ जुन २७ मा भारतकाे सुनवलीबाट आउट स्ट्याम्प लगाई बिना भिसा नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर पुन: २०२२ सेप्टेम्बर २० मा वीरगंज नाका हुँदै भारत जाने क्रममा दुबै जना पक्राउ परेका हुन् ।

वीरगंज रक्साैल नाकामा गाडी नं. बिआर०६पिडि २८५१ चेकजाँच गर्दा निज दुई व्यक्तिहरु फेला परेको अध्यागन कार्यालयले जनाएकाे छ ।

दुबै जनालाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालयका कार्यालय सहयोगी ध्रुव कुमार दासलाई जिम्मा लगाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएकाे अध्यागमन कार्यालय वीरगंजले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा रास्वपाको नगर अधिवेशन सम्पन्न, कवि राजकाे नेतृत्वमा नगर समिति गठन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कवि राज अर्यालको सभापतित्वमा सर्वसम्मत रूपमा १५ सदस्यीय नगर...

मनसुनजन्य विपद्‌प्रति उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिकाे निर्णय

वीरगंज । पर्सा जिल्लामा बढ्दो गर्मी, मनसुन, सुख्खा, खडेरी तथा सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उच्च सतर्कता...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न...