Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

नृसिंह माविमा अनियमिता भएकाे आराेप, छानविन गर्न माग

spot_img
spot_img

वीरगंज । श्री नृसिंह माध्यमिक विद्यालय वीरगंज, पिपरा मठमा साेमबार भएकाे अभिभावक भेला सम्पन्न भएकाे छ । भेलामा सहभागिहरुले विद्यालयमा अनिमितता भएकाे वताउँदै छानविन हुनु पर्ने माग गरेका छन् ।

भेलाले आभिवक संघ गठन गर्दै विद्यालयकाे समस्या बारे प्रधानाध्यापकसंग लिखित जवाफ माग गर्ने पनि निर्णय गरेकाे छ ।

भेलामा सहभागि अभिभावकहरुले विद्यालयमा उत्पन्न  हुने समस्या बारे विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग प्रश्न समेत गरेका थिए । अभिभावककाे प्रशनकाे जवाफ दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीले विद्यालयकाे दुई बर्षदेखिकाे आय व्यय माग गर्दा समेत विद्यालयका प्राधानाध्यापक विनाेद मेहता र लेखापाल राजेंद्र करणले उपलब्ध नगराएकाे वताए । 

उनले स्कूलमा हरेक आर्थीक वर्षकाे लेखा जोखा हिसाब किताब हुनु पर्ने तर दुई आर्थीक वर्षदेखि स्कूलकाे आम्दानी खर्च बारे जानकारि मांग गर्दा समेत प्रधानाध्यपक र लेखापालले उपलब्ध नगराएकाे वताए । अभिववाक भेलाबाट अंग्रेजी माध्यमकाे फी र वार्षिक शुल्क आदि निर्धारण गर्नु पर्नेमा प्रधानाध्यापक आफनो मनपरी हिसाबले विद्यालय व्यवस्थान समितिका सदस्यहरुलाई आर्थिक लोभ दिई आफनो राजी खुसी अनुसार बिधार्थीबाट सहयाेग वापतकाे रसीद अभीवाककाे नाममा रसीद काटी अनियमितता गरी रहेकाे आराेप लगाए ।

विद्यालय प्राङ्गणमा मै भएकाे भेलाले रामबाबु प्रसाद कुर्मीकाे संयाेजकत्वमा १५ सदस्यीय अभिव संघ गठन गरेकाे छ ।

नवगठित अभिभावक संघकाे सदस्यमा कृष्णा प्रसाद कुर्मी, मेहबुब एलही अंसारी, रमेश यादव, सुरेन्द्र प्रसद कुर्मी, अनील पटेल, रामबाबु सोनार, सुरेश साह कानु, दीनानाथ महरा, गगन्देव पटेल, महिचन कुर्मी, सम्साद अन्सारी, राजेश पटेल, लक्षमण हजारा लगायतका रहेका छ्न ।

विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष कुर्मीकाे अध्यक्षतामा भएकाे अविभावक भेलामा वीरगंज १४ का  वडाध्यक्ष मेहबुब इलाहि अंसारी, वीरगंजका १५ वडाध्यक्ष रमेश यादव, परावनिपुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष रामेश्वर कलवार, विद्यालयका सल्लाहकार देवनाथ उपाध्याय, विर्जित पटेल लगायतले वाेल्दै विद्यालयमा हुने गतिविधिकाे बारेमा चिन्ता व्यक्त गरेका थिए ।

 समय सम्यायिक समस्या लाइ चाँडो समधान निकाली स्कूल लाइ अझै प्रभावकरी ढंगले अगाडि बढाउने, आर्थीक अनियमितता भेटे मा नियम अनुसार कारवाही अगाडि बढाउने जस्ता निर्णय गरियो ।

भेलामा लक्छुम्नवा, बहुअरी, पिपरा, नौतन् बहुअरी लगायत गाउँको बुद्धिजिवी, यूवा, अभिभावककाे सहभागीता रहेको थियो । बैठकमा विद्यालयका प्रधानाध्याक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई पत्र सहभागि हुन आग्रह गरिएपनि अनुपस्थित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...