Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मेघा ब्लड डोनेसन अन्तर्गत पर्सामा ४२३ जनाद्वारा रक्तदान

spot_img
spot_img

परवानीपुर । तेरापंथ युवक परिषद वीरगंजकाे आयाेजनामा शनिबार भएकाे मेघा ब्लड डोनेसन २०२२ मा ५० महिलासहित ४२३ जनाले रक्तदान गरेका छन् ।

मेघा ब्लड डाेनेसन अन्तर्गत नै रहबर केयरकाे समन्वयमा भएकाे कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन ।

रहबर केयर फाउन्डेसनका संचालक तथा नेकपा माओवदी केन्द्रका केन्द्रीय सदस्य रहबर अंसारीले रक्तदान गरी उद्घाट गरेकाे कार्यक्रममा अनुरुद यादव, ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम, मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी लगायतले रक्तदान गरेका थिए ।

नेता अन्सारीले रक्तदान सबै भन्दा ठुलो समाजीक कार्य भएको बताउँदै याे अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गरे । उनले महिलाहरुलाई नै बढी रगतको आवश्यक्ता पर्ने हुनाले खासगरी महिला साथीहरुलाई बढी भन्दा बडी सहभागीता जनाउन आग्रह गरेका थिए ।

रहबर केयर बहुवरी वीरगंज सेन्टरमा भएको कार्यक्रममा मेघा ब्लड डोनर्सका नरेश भन्साली, पारस जैन लगायतको उपस्तिथी रहेको थियो ।

यसैगरी मेघा ब्लड डाेनेसन अन्तर्गत नै घडिअर्वा पोखरीमा भएकाे कार्यक्रममा ५ महिलासहित ५० जना, त्रीवेणी स्पिनिङमा भएकाे कार्यक्रममा २९ महिलासहित १३४ जना, जैन भवनमा भएकाे कार्यक्रममा १३ महिलासहित १४२ जना र हिप्को इन्फा- ३७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...