Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

बालदिवसको अवसरमा वक्तृत्वकाला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । श्री कालिका एकाडेमी बाेर्डिङ्ग स्कुल भेडिहारीमा बुधबार दाइजाेप्रथा विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । बालदिवसकाे अवसरमा भएकाे प्रतियाेगितामा भेडिहारीका दिपराज चाैरसिया प्रथम, सबैठवाका अमित यादव द्वितिय र बलुवाका राजाबाबु कलवार तृतिय भएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले विद्यार्थीहरुलाई पढाईकाे साथ साथै अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेकाे वताए । उनले कालिका एकाडेमीले विभिन्न समयमा विभिन्न किसिमकाे अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएकाे कार्य सराहनिय भएकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका निर्देशक साहले आफु सक्षम भएपछि विवाह गरे दाइजाेप्रथामा अन्त्य हुने वताए ।

स्कुलका निर्देशक जयप्रकाश चाैरसियाकाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य विजय सहनी, संजय ठाकुर लाेहार, विद्यालयका प्रिन्सपल लक्षमण ठाकुर लगायतकाले मन्तव्य राखेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...