Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

वीरगंजमा चिडियाखाना स्थापना गर्न सरकारले दियो अनुमति

spot_img
spot_img

वीरगंज । वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने भएको हो ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडीयाखाना निर्माणका लागि मन्त्रिपरिषदमा चिडियाखाना स्थापनाका लागि प्रस्ताव पेश गर्नु भएको थियो । आफू मन्त्री नियुक्त हुनु भएदेखि मन्त्री यादवले वीरगंजमा चिडीया खाना निर्माणका लागि पहल थाल्दै आउनु भएको थियो । मन्त्री यादवले पेश गर्नु भएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडीया खाना निर्माणका लागि अनुमति दिएको छ ।

पर्सा वासीको आयस्तरमा बृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनका लागि वीरञ्जमा चिडीया खाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना अहिले आएर साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडीयाखानाले पर्यटन प्रवर्द्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।”

वीरगंजमा चिडीया खानाका लागि लोमो समयदेखि पहल भएपनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन । पर्सा र बारा जिल्लाको बिचमा निर्माण गरिने उक्त चिडीया खाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले त्यहाँको पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो ।

उक्त चिडीया खाना एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा निर्माण गरीने भएको मन्त्रालयले जनाएको छ । चिडीया खाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीको संयोजगत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत पेश गरीसकेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ को सोलखपुर वडा नम्बर ३२ को रामवनमा प्राकृतिक चिडीयाखाना स्थापना गरीए यहाँ आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउन सकिने भन्दै चिडीया खाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रस्तावित चिडीयाखानाको क्षेत्रलभत्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नु पुर्ने, प्रस्तावित चिडीया खाना स्थापना गर्दा प्राकृतिक चिडीया खानाको साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनु पर्ने एवम् जैविक विविधता शिक्षा प्रवद्धन तथा वन्यजन्तको कल्याण समेतलाई मध्यनजर गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको चिडिया खाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको शुनिश्चित हुने गरी प्रस्तावित चिडीया खाना स्थापना र सञ्चालन गर्नु पर्ने उक्त अध्ययन प्रतिवेदनको राय रहेको छ ।

प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ को सोलखपुर वडा नम्बर ३२ को रामवन क्षेत्र मध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहलेसमेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडीया खाना स्थापनाका लागि सहमति दिएको छ । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडीया खानाको क्षेत्रफल ५० हेकटर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।

उष्ण साल वन क्षेत्र रहेको उक्त वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिँले कही घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगाँ, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडीया खाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताउनुभयो ।

आफ्नो गृह जिल्लामा चिडीया खाना निर्माण हुने तथा पर्यटक भित्रिएर यहाँका नागरिकको आयस्तरमा बृद्धि हुने भन्दै अहिले पर्सा र वीरगञ्जका नागरिक निकै खुशी हुनुका साथै मन्त्री यादवलाई धन्यवाद समेत दिन थालेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउन डोजर मुर्लीसम्म पुग्यो

वीरगञ्ज । वीरगंजकाे मुख्य सडकअन्तर्गत २५/२५ मिटर सडक सीमाभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान मंगलबार पनि जारी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले...

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका...