Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

मधेश दृष्टि पत्रिकासंग आवद्ध पत्रकारहरुको प्रशिक्षण सुरु

spot_img
spot_img

वीरगंज । मधेश दृष्टि दैनिक पत्रिकामा आवद्ध पत्रकारहरुको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार देखि वीरगंजमा सुरु भएको छ । वीरगंजस्थित पुजन होटलमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले जुन सुकै कामको लागि टिम वर्क महत्त्वपूर्ण भएको वताए । उनले टिम वर्क भएको जुन सुकै कामले सफलता हासिल गर्ने वताए । पत्रिकाले वीरगंजकाे पहिचान गराउन विश्वास समेत ब्यक्त गरे ।

पत्रिकाका निर्देशक धुर्व साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश विश्व विद्यालयका उप कुलपति डा. दिपक शाक्य, पत्रिकाका सम्पादक बिश्वमणी पोखरेल, पत्रिकाका ब्यवस्थापक अर्जुन मण्डल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका थिए ।

पत्रिका असोज महिनाको पहिलो सत्तादेखी नै निकाल्ने तयारी रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...