Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ : उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

वीरगंजमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले भने ,‘ गठबन्धनको बैठकमा सिट बाडफाडको छलफल हुँदा जसपालाइ उपेक्षा गरिएको जस्तो महशुस हुन्छ, यदि साच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार छ ।
यादवले जसपाको हैसियत अनुसार सिट बाडफाँड नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहि अनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।

आफुहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउदै उनले अहिलेको गठबन्धनलाई निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको बताए । उनले भने ,‘प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन्, त्यसैले उनिहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।

अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाई जसरी भएपनि परास्त गर्नु पर्ने पनि बताए । त्यसका लागि पनि गठबन्धनलाइ निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनले बताए ।

आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाइ समाप्त पार्ने र मधेस फेरि गुलाम (नोकर) बन्ने खतरा रहेको यादवले भनाई छ ।

संघीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै उनले मधेस विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको बताए । यादवले भने,‘ मधेस विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो, यदि मधेस विद्रोह नभएको भए यो देशमा न संघीयता आउथ्यो न गणतन्त्र नै ।

त्यसैले संघीयता, गणतन्त्र लगायतका प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्ने मुख्य अभिारा जसपाकै भएको उनले बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाई जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्र, बालकिशोर यादव, मोहन चौधरी, केन्द्रिय सदस्य करिमा बेगम, सलमा खातुन, जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतकाले पनि सम्बोधन गरेको जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...