Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वायू प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

spot_img
spot_img

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वायू प्रदूषण कुनै एक देशकाे मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार प्रकृतिको हुने भएकोले यसको प्रभाव न्यूनीकरण गर्नमा साझा पहल आवश्यक रहेको बताएका छन् ।

बुधबार वातावरण विभाग र इसिमोडको संयुक्त आयोजनामा “निलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वायू प्रदूषण न्यूनीकरण गर्न सबै क्षेत्र र तह तप्काबाट आवश्यक पहल गर्न जरुरी रहेको बताएका हुन् । उनले भने, “वायू प्रदूषण कुनै एक देशको मात्रै समस्या होइन, यो साझा समस्या भएकाले न्यूनीकरणका लागि सबैको पहल आवश्यक छ ।”

वायू प्रदूषणका नकारात्मक प्रभावले देशको पर्यावरणीय सन्तुलनमा मात्र भनई मानव स्वास्थ्य, कृषि उत्पादन तथा आर्थिक बृद्धिमा समेत असर पर्न गई समग्र विकास क्रम नै विथोलिन थालेको प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरे ।

यसैगरी उनले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नु पर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको विदितै रहेको वताए ।

वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले बिभिन्न कामहरु गर्नका लागि निती नियम बनाएको भएपनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवकाे भनाई छ । 

पूर्व तयारी नहुँदा पछिल्लो समय जङ्गलमा आगलागि हुँने तथा वायू प्रदूषण बढ्दै गइरहेकाले हामीले आगलागि जस्ता घटना हुन नदिनका लागि पूर्व तयारी अपनाउन आवश्यक रहेको समेत मन्त्री यादवले बताए ।

वातावरण संरक्षण गर्नमा बहुक्षेत्रगत, बहुआयामिक र बहु–संस्थागत समन्वय आवश्यक पर्ने क्षेत्र भएकोले कुनै एक संस्था वा निकायको प्रयासले मात्र यो सम्भव नभएकाले सरकार, गैरसरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी तथा व्यवसायिक क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकार आवश्यक रहेको मन्त्री यादवले बताए ।

वायू, जल, ध्वनि तथा अन्य विभिन्न प्रकारका प्रदूषणहरु नियन्त्रण गर्न बनेका मापदण्डलाई अद्यावधिक गर्ने र आवश्यकतानुसार नयाँ मापदण्ड निर्धारण गर्ने कामलाई सरकारले तीव्रता दिएको समेत उन जानकारी दिए ।

वायू गुणस्तर व्यवस्थापन गर्ने शिलशिलामा तथ्याङ्क सङ्कलनको कार्य महत्वपूर्ण हुन आउने हुँदा वातावरण विभागले सन् २०१६ देखि क्रमिक रुपमा देशका बिभिन्न स्थानमा वायू गुणस्तर मापन केन्द्रहरु सञ्चालन गर्दै आइरहेको र यस कार्यमा विभागलाई इसिमोड र एशियाली विकास बैङ्कको समेत सहयोग प्राप्त भइरहेको समेत उक्त कार्यक्रममा मन्त्री यादवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...