Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

विद्यालयकाे समस्या समाधान गर्न गापा अध्यक्ष मेहताकाे निर्देशन

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ३ पकहामा रहेको श्री रामचरित्र माध्यमिक बिद्यालयकाे शैक्षिक अवस्थामा सुधार गर्न गाउँपालिका अध्यक्ष सुरेश प्रसादले आइतबार बिद्यालय मै पुगी प्रधनाध्यापकसहित शिक्षकहरुलाई निर्देशन दिएका छन् ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे नेतृत्वको टोलीले बिधालयको अनुगमन गरी बिभिन्न किसिम्मका निर्देशन दिइएपछि आजैदेखी शैक्षिक वातावरणमा सुधार आएको शिक्षा शाखाका दामोदर दुबेले बताए ।

अध्यक्ष मेहताले कक्षा १ देखी ५ सम्मका लागी एक जना शिक्षकले संयोजक रुपमा जिम्मेवारी निर्वाह गर्ने, कक्षा ६ देखी १० कक्षा सम्म एक जनाले संयोजनको जिम्माले लिने र प्लस २ को एक जना संयोजक तोक्ने गरी निर्देशन दिएका थिए । साे निर्देशन आइतबारदेखि नै लागु भएको दामोदर दुबेले बताए ।

यसैगरी विद्यालयमा छात्र/छात्राहरुको संख्या धेरै रहेकोले बिभिन्न सेक्सनमा बाडफाड गरी कक्षा नियमित र ब्यवस्थित गरिएको छ ।

कक्षाकोठा हुँदाहुँदै अब्यवस्थित रहेकोले आइतबारदेखी नै बेन्च, डेक्स ब्यवस्थित गरी कक्षाकोठा सरसफाई गराई अध्ययन अध्यापन सुचारु गरिएको थियो । गाउँपालिका अध्यक्ष मेहतासहित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी, वडाध्यक्ष संजय चौहान, पालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहता, पालिकाका शिक्षा हेर्ने जिम्मेवार ब्यक्ति दामोदर दुबे लगायतकाे सहभागिता सहभागीता रहेको रहेकाे टाेली विद्यालयमा पुगेकाे थियाे ।

विद्यालयमा बिहानै पुगेका टोलीले बिधालयको हरेक कक्षाकोठाको अवलोकन, बेन्चडेक्स, भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको पदपुर्ती, अभाव, बिधार्थी संख्याको अनुगमन गरी प्रध्यानाध्यापक छोटेलाल प्रसाद सहित शिक्षकहरु संग बिद्यालय कै कार्यालयमा बैठक बसी समस्याको सामाधान गरिएकाे गाउँपालिका अध्यक्षका स्वकिय सचिव बिनोद मेहताले बताए ।

बैठक पश्चात शिक्षाको सुधारका लागी जुनसुकै मुल्य चुकाउन आफुसहित आफ्नाे टिम पछाडी नहटने गाउँपालिका अध्यक्ष मेहताले वताए । उनले बिद्यालयमा समस्या आए पहिला शिक्षक, त्यस पछि प्रधानाध्यपक, त्यस पछि पालिकाका शिक्षा हेर्ने ब्यक्ति हुँदै म कहाँ पुग्नु पर्ने सबैलाई निर्देशन समेत दिए ।

वास्तविक समस्या जुनवेला पनि सामाधान हुने तर कृत्रिम समस्या सामाधान नहुने उनकाे भनाई छ । शिक्षामा राजनिती नगर्न आग्रह उनले सबैसंग गरे । गाउँपालिका अध्यक्षकाे एक्सनपछि सो बिद्यालयका बिधार्थी तथा शिक्षकहरुको हौसला बढेको एक शिक्षकले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...