Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा क्षेत्र नं. १ बाट वनमन्त्री यादवको एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवकाे एकल नाम सिफारिस गरेको छ ।

शनिबार वीरगंजमा बसेको जसपा प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि  सभाकाे उम्मेदवारकाे लागि वनमन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

उनले संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस उम्मेदवार अनिल रुङ्गटा र संविधान सभा सदस्य तथा नेकपा एमालेका उम्मेदवार विचारी यादवलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।

बैठकले क्षेत्र नम्बर १ को ‘ख’ बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम सिफारिस गरेको छ । राउत पनि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

त्यसैगरी बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ ।

त्यसतै १ को ‘ख’ प्रदेश सभामा समानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउदिन मियाँ अन्सारी, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस भएको छ ।

क्षेत्रीय समितिको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम, जनार्दन यादव, समाजवादी मुस्लिम सङ्घका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...