Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वनमन्त्री यादवद्वारा वीरगंजमा मन्दिर र विवाह भवनको उद्घाटन

spot_img
spot_img

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

शनिबार गृहनगर वीरगंज आउनु भएका वनमन्त्री यादवले वीरगंज-१५ स्थित भिस्वामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन् । त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका थिए ।

निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने मन्त्री यादवको विश्वास छ । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग उनले आश गरे ।

मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय सचिव घनश्याम बाबु गुप्ताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समिति पर्साका पूर्व सभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव लगायत स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताज्यूहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...