Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

भरपेट भोजनालयकाे एक वर्ष पुरा, बार्षिकाेत्सव मनाइयाे

spot_img
spot_img

वीरगंज । भरपेट भोजनालयले स्थापनाको एक वर्ष पुरा गरेकाे अवसरमा खुशियाली मनाएकाे छ । वीरगंजकाे मुर्लीस्थित ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराउने उदेश्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो ।

एक बर्ष पुरा गरेकाे अवसरमा भोजनालयले शनिवार वार्षिकोत्सव समारोह तथा ईट फर च्यारिटी कार्यक्रम आयाेजना गरेकाे थियाे ।

भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको सानाे पाइलाले जनाएकाे छ । १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैंया र खर्च ५९ लाख ६ हजार ९ सय ६२ रुपैया रहेकाे जनाएकाे हाे ।

जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैंयाको घाटामा भोजनालय सञ्चालन भएकाे सानाे पाइलाले दाबी गरेकाे छ । ५० रुपैयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैया पर्ने गरेको जनाइएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य अनिल रुंगटाले भरपेट जस्ता जनमुखी कार्यहरुको प्रोत्साहन आजको प्रमुख आवश्यक्ता भएको बताए । यो भोजनालयबाट समुदायले प्रत्यक्ष लाभ लिएको चर्चा गर्नुहुँदै उनले यस्तो पुनित कार्यमा सबैको साझा सहयोगका लागि अपिल समेत गरे ।

नेपाली कांग्रेसका युवा नेता एवं सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले सुखी सानो पाइलाले वीरगंजमा सञ्चालन गरिरहेको भरपेट भोजनालय नमूना परियोजनाका रूपमा बधाई दिँदै प्रगतीको कामना गरे । 

भोजनालयका परिकल्पनाकार समेत रहेका नेता झाले भरपेट भागनालयका निरन्तरता र विस्तारका लागि योगदान गरिरहनुभएका सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

 भोजनालयमा नियमित भोजन गरिरहेका रिक्शा चालक अक्षयलाल महतोको सभापतित्वमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय, लाेसपाका युवा नेता ओमप्रकाश सर्राफ, भरपेट भोजनालयका नियमित ग्राहक श्रवण व्याहृत कलवारलगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्र, वीरगञ्ज महानगरपालिकाकी कार्यपालिका सदस्य कनिका कौशिक, जीराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकोटा, सशस्त्र प्रहरीका प्रहरी निरिक्षक रविन्द्र भट्ट, सामाजिक अभियान्ता प्रकाश थारु, मानवसेवा आश्रम मधेश प्रदेशका संयोजक देवेश मानवसेवालगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...