Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

रहबर केयरद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीमा रहबर केयरकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री नेपाल राष्ट्रिय नि.मा.वि. चोर्नीको प्राङ्गणमा भएकाे शिविरमा शिविरमा ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा चोर्नी, कोनिहा, लक्ष्मीपुर,परसवा लगायतका स्थानीय वासीकाे उल्लेखनीय सहभागिताको रहेको थियो । शिविरकाे उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहबर अंसारीले गरेका थिए ।

शिविरमा उपचार गरिएको विरामीहरुलाई 0निःशुल्क औषधी समेत वितरण गरिएको स्थानीय नेता राजु यादव बताए । त्यो क्षेत्रमा पहिलो पटक शिविरमा निशुल्क औषधि वितरण गरिएको आयाेजकले दाबी गरेकाे छ ।

नेता यादवको विशेष पहलमा गण्डक होस्पिटल वीरगंजका डक्टरहरुद्वारा शिविरमा निशुल्क शिविर आयाेजना गरिएकाे थियाे ।

शिविरमा फिजिसियन डा. प्रशान्त साह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रवी साह, बाल रोग विशेषज्ञ डा.आनन्द रौनियार, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मन्जु राई, डा. मनोज पटेल, डा.अखतर आलम तथा गण्डक होस्पिटलका प्रशासक प्रमुख सौकत आलम, सदाम हुसेन, महमद हसन लगायतका सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...