Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

अन्तर्राष्ट्रिय समुदायहरुबीच बलियो साझेदारी आवश्यक छ : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने राष्ट्रहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायहरुबीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतिय वर्ष, २०२२ अन्तर्गत आयोजित ‘मिट द एम्बेसडरस’ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायहरुबीच बलियो साझेदारी र संस्थाहरु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिन्दुकुश हिमाली क्षेत्रमा थप औपचारिक र प्रभावकारी ढङ्गले काम गर्दै विकास गर्नका लागि एउटा मन्त्रिस्तरीय सामूहिक सङ्गठनको आवश्यकता छ । हामी विश्वभरका पहाडी क्षेत्रहरुको समृद्धिको लागि विश्व स्तरका देशहरुसँग सहकार्य र साझेदारी बढाउन इच्छुक छौं ।” यसैगरी मन्त्री यादवले संयुक्त राष्ट्र संघको महासभाले सन् २०२२ लाई दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको समेत जानकारी दिए ।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय वर्ष, २०२२ मनाउने नेपालको पहलको ढाँचाभित्र यस ‘मिट द एम्बेसडरस’ कार्यक्रममा सहभागि अतिथीहरुलाई आफुले स्वागत गर्न पाएको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गरे । नेपाल सरकारले आफ्ना हिमालका समस्या र सम्भावनाहरु नागरिक र अन्तर्राष्ट्रिय समुदायमा बाँडफाँड गर्न सक्ने गरी विभिन्न कार्यक्रम र गतिविधिहरु सहितको दिगो पर्वतीय विकास अन्तर्राष्ट्रिय वर्ष मनाउने निर्णय भएअनुसार आफुहरु काममा लागि परेको समेत उनले जानकारी गराए ।

नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्याहरुलाई विश्वव्यापी रुपमा उजागर गर्ने र राष्ट्रहरु, क्षेत्रीय संस्थाहरु र अन्तर्राष्ट्रिय समुदायहरुबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी खोज्ने यो ठूलो अवसर भएको मन्त्री यादवको भनाई थियो । हामीले वर्षभारीका लागि बनाएको योजना मध्येको आज आयोजना गरिएको कार्यक्रम एउटा कोशेढुङ्गाको रुपमा आफुले लिएको मन्त्री यादवले जिकिर गरे ।

यसैगरी मन्त्री यादवले नेपालमा हिमाल र पहाडले करिब करिब ८० प्रतिशतभन्दा बढी भूभाग ओगटेको तथा ती क्षेत्रमा पर्ने जङ्गल, सिमसार, खेतबारी, दायरा र चट्टान अनी हिउँको परिदृश्यले नेपाली पहाडहरु निकै मनोरम रहनुका साथै ठूलो सङ्ख्यामा वनस्पति र जनावरहरुका प्रजातिका साथै मानव जीविकालाई सहज भएको बताए ।

हिमालमा जलवायु परिवर्तनको प्रभावले तराईमा पनि प्रभाव पार्ने तथा विशेष गरी पहाड र तराईको बीचमा पानी जस्ता पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाहको कारणले हिमालमा पर्ने जलवायु परिवर्तनले तराई क्षेत्रमा पनि प्रभाव पार्ने प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरेका थिए ।

पहाडी क्षेत्रहरु, विशेष गरी विकासोन्मुख देशहरुमा, बढ्दो गरिबी, खाद्य असुरक्षा, वातावरणीय ह्रास, प्रकोपको जोखिम र आधारभूत सेवामा सीमित पहुँच जस्ता धेरै कठिनाइहरु भोगिरहेका कारण समस्या भइरहेको उनको भनाई थियो । 

अन्तराष्ट्रिय पर्वतीय वर्ष २०२२ को अर्को प्रमुख कार्यक्रम सेप्टेम्बर २० र ३२ मा ‘मुस्ताङ माउन्टेन समिट’ को रुपमा मनाइने भएको छ । मुस्ताङ, एउटा सुन्दर ट्रान्स हिमालयन जिल्ला भएकाले उक्त महान् शिखर सम्मेलनमा नेपालले आफ्नो पर्वतीय घोषणापत्र जारी गर्ने योजना बनाएको छ ।

वन तथा वातावरण सचिव डा पेमनारायण कँडेलको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायत, ब्रिटेन, ब्राजिल, इजिप्ट, जापान, श्रीलङ्का, जापान, बाङ्लादेश लगायतका राजदूत तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली-पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश

वीरगञ्ज । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकामा स्थानीयवासीलाई उपलब्ध गराइँदै आएको बिजुली र खानेपानीको महसुल सुविधा तत्काल निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको छ...

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...