Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पर्सा क्षेत्र नं. ४ बाट जसपा अध्यक्ष उपेन्द्र यादवकाे नाम सिफारिस

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवसहित दुई जनाकाे नाम सिफारिस भएकाे छ ।

प्रतिनिधि सभा क्षेत्रीय समन्वय समितिको बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे लागि अध्यक्ष उपेन्द्र यादव र पर्सा जिल्ला सचिव तबरेज अहमदकाे नाम सिफारिस गरेकाे क्षेत्रिय अध्यक्ष रामपुकार यादवले जानकारी दिए ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (ख) बाट प्रदेशसभा सदस्यकाे उम्मेदवारकाे लागि बर्तमान प्रदेश सभा सदस्य सिंहासन साह कलवारकाे एकल नाम सिफारिस भएकाे छ । प्रदेश सभा पर्सा क्षेत्र नं. ४ काे (ख) क्षेत्रिय समन्वय समितिकाे बैठकले  प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि कलवारकाकाे एकल नाम सिफारिस गरेकाे प्रदेश सभा क्षेत्रिय अध्यक्ष दिपक सर्राफले जानकारी दिए ।

यसैगरी पर्सा क्षेत्र नं. २ काे (क) बाट प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवसहित ३ जनाकाे नाम सिफारिस भएकाे छ ।

प्रदेशसभा क्षेत्रिय अध्यक्ष धर्मेन्द्र महताे थारुकाे अध्यक्षतामा बसेकाे प्रदेश सभा क्षेत्रिय समन्वय समितिकाे बैठकले प्रदेश सभा सदस्यकाे उम्मेदवारकाे लागि जिल्ला अध्यक्ष यादवसहित बिरेन्द्र यादव र विपिन यादवकाे नाम सिफारिस गरेकाे पर्सा जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...