Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समन्वय समिति गठन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय भेला सम्पन्न भएकाे छ । कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा भएकाे भेलाले रामपुकार यादवकाे अध्यक्षतामा ५१ सदस्यीय प्रतिनिधि सभा क्षेत्रिय समिति गठन गरेकाे  जसपा पर्साका सचिव तबरेज अहमदले वताए ।

जुन समितिमा प्रमाेद यादव, गणेश राउत अहिर, शैयद खाँ पैठान, पूर्ण तामाङ, राेशनी लामा लगायतकाे रहेकाे उनले जानकारी दिए ।

यसैगरी भेलाले विकाउ प्रसाद भण्डारीकाे अध्यक्षतामा प्रदेश सभा क्षेत्र नं. ४ काे (क) क्षेत्रिय समन्वय समिति गठन गरेकाे छ । जुन समितिमा नेसार सम्मानी, लक्ष्मी मियाँ थरुनी, सुरज लामा, जगदिश गढवाल, लाेहा सिंह, उपेन्द्र मुखिया लगायतका रहेका छन् ।

यसैगरी भेलाले दिपक सर्राफकाे अध्यक्षतामा प्रदेश सभा क्षेत्र नं. ४ काे (ख) क्षेत्रिय समन्वय समिति गठन गरेकाे छ । जुन समितिमा बृजमाेहन प्रसाद कुर्मी, राजेश्वर प्रसाद कलवार, सुरेन्द्र राम, दुर्गा पटेल, फिराेज खाँ लगायतका रहेका छन् ।

गाेरख प्रसाद केंवटकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका केन्द्रिय सदस्यद्वय माेहनलाल चाैधरी, जनार्दन यादव, जिल्ला सह इन्चार्ज महराज यादव, प्रदेश सदस्य मदन चाैहान, जिल्ला सचिव तबरेज अहमद, छिपहरमाई गाउँपालिका समितिका अध्यक्ष इग्रासन साह कलवार, ठाेरी गाउँपालिका समितिका अध्यक्ष ओमराज श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...