Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अरुणाेदय युवा क्लबकाे नयाँ कार्य समिति चयन, अध्यक्षमा पण्डित

spot_img
spot_img
वीरगंज । जिल्ला कै पुरानाे गैर सरकारी संस्था अरुणाेदय युवा क्लब महुवनकाे अध्यक्षमा सुरज पण्डित निर्विराेध निर्वाचित भएका छन् । संस्थाकाे सम्पन्न ३७ औं साधारण सभाले पण्डितकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसहमत चयन गरेकाे हाे ।
 
कार्य समितिकाे उपाध्यक्षमा ललन तिवारी, महासचिवमा बेदप्रकाश राैनियार, सचिवमा तुलसी अधिकारी, काेषाध्यक्षमा संजय कुमार, सदस्यहरुमा लालबहादुर राम, बिरेन्दर पटेल, शाेसिला देवी राम, काानित देवी र पदेन सदस्यमा श्रीराम गिरि सर्वसहमत चयन भएका हुन् ।
 
श्रावण २५ गते सम्पन्न साधारण सभाबाट चयन भएका नयाँ कार्य समितिकाे शनिबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाकाे प्रधान कार्यालय सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा भएकाे भएकाे कार्य क्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।
 
संस्थाकका संस्थापक अध्यक्ष एवम् संरक्षक पदाधिकारी शिवनाथ साहकाे अध्यक्षतामा भएकाे सपथ ग्रहण कार्यक्रममा संस्थाका संस्थापक सचिव राजेश पण्डित, पूर्व अध्यक्ष श्याम बाबु प्रसाद लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...