Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेसुपा पर्साका अध्यक्ष चाैरसिया जसपा प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाल सुशासन पार्टी पर्साका अध्यक्ष मधुसुदन चौरसिया जनता समाजवादी पार्टी (जसपा) प्रबेश गरेका छन् ।

काठमाण्डौस्थित जसपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पार्टी अध्यक्ष उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतले चौरसियालाई गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

स्थानिय तह निर्वाचन अघि नेपाल सुशासन पार्टी प्रबेश गरेका चाैरसिया साेही पार्टीबाट बिन्दवासिनी गाउँपालिका अध्यक्षमा चुनाव समेत लडेका थिए । त्यस अघि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठन पर्साका उनी अध्यक्षसमेत थिए ।

सुशासन पार्टीबाटै मूलधारको राजनीति शुरु गरेका चौरसियाले समयको मागअनुसार विकास, समृद्धि र सुशासनको गन्तव्यसम्म पुग्नका लागि बाटो परिवर्तन गरेको वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...