Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

विस्थापितहरुको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगले साेमबार बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै मन्त्री यादवले विस्थापितहरुको समस्याका विषयमा सरकारले गहन रुपमा अध्यनगरी समस्या समाधनका लागि पहल गर्ने बताए । उनले भने, “मुअव्जा नपाउँदा विस्थापितहरु लामो समयदेखि पीडित बनेका छन्, पीडतहरुका समस्या समाधानका लागि पहल गर्ने छु ।”

यसैगरी मन्त्री यादवले कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको हकमा आवश्यक जानकारी बुझन मन्त्रालय मातहतका निकायलाई निर्देशन समेत दिए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्म आयोगले गरेका काम कारवाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाए ।

आयोगका अध्यक्ष राईले बुझाएकाे उक्त प्रारम्भिक प्रतिवेदनमा टिओआरमा उल्लेख भए अनुरुपका र जग्गा मुअव्जा नपाएका कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको हकमा घरवासको निमित्त जग्गा व्यवस्थापन हुनु पर्ने, अन्यको हकमा सम्पूर्ण अध्ययन अनुसन्धान गरी उचित व्यवस्थापन हुनु पर्ने उल्लेख गरिएको छ ।

विक्रम सम्वत् २०३३ सालमा कोशी टप्पु वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा सरकारले सुन्सरी र सप्तरीमा करिब चार हजार भन्दा बढी बिगाह जग्गा अधिग्रहण गरेको थियो । जग्गा अधिग्रहणका बखत जग्गाको सट्टामा जग्गा दिने सहमती गरिएको भएपनि त्यहाँका विस्थापितहरुले अहिलेसम्म पनि जग्गा नपाएको गुनासो रहेको छ ।

कतिपयलाई सरकारले जग्ग धनी प्रमार्ण पुर्जा दिई मालपोतको तीरो तिर्दै आएपनि उक्त जग्गा पीडितहरुले भोगचलन गर्न नपाएको र गैर विस्थापितहरुले कब्जा गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगका बिज्ञ सल्लाहकार श्याम लम्सालले जानकारी दिए । उनका अनुसार आरक्ष पीडतका समस्या समाधानका लागि हाल सम्म २१ वटा आयोग गठन भएपनि समस्या समाधान हुन नसकेको पीडितहरुको गुनासो रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...