Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

तस्करीकाे सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएर राअका बुझायाे

spot_img
spot_img

वीरगंज । बिल बिजक भन्दा बढी सामानहरू लोड रहेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगंजकाे घण्टाघरबाट ना.६ ख ३५१६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएकाे हाे ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई खटिएकाे टाेलीले भदाै ३ गते शुक्रबार राति १०:४५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.८ घण्टाघर चोकस्थित सडकखण्डमा ट्रक नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू समेत फेला परेको जि्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

त्यसपछि उक्त ट्रक नियन्त्रणमा लिई रू. ३६ लाख  ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...