Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

निर्वाचन खर्चकाे विवरण नबुझाउनेसंग स्पष्टिकरण माग

spot_img
spot_img

वीरगंज । जिल्ला निर्वाचन कार्यालय पर्साले स्थानीय तह सदस्य निर्वाचनमा भएकाे खर्चकाे विवरण नबुझाउने उम्मेदवारसंग स्पष्टिकर साेधेकाे छ । निर्वाचन कार्यालयले भदाै १ गते पर्साका सबै स्थानिय तहलाई एक पत्र लेख्दै निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई ७ दिन भित्र स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।

निर्वाचन परिणाम घाेषणा भएकाे मितिले ३० दिन भित्र जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेकाे छ । साेही व्यवस्था बमाेजिम निर्वाचन कार्यालयलले स्थानिय तहकाे निर्वाचनमा भाग लिई ताेकिएकाे समयवधि भित्र निर्वाचन खर्चकाे विवरण नबुझाउने उम्मेदवारहरुलाई ताेकिएकाे समावधि भित्र के कुन कारणले निर्वाचन खर्चकाे विवरण नबुझाएकाे ? निर्वाचन खर्चकाे विवरण नबुझाएकाेमा तपाईहरुलाई निर्वाचन आयाेग एेन, २०७३ काे दफा २६ बमाेजिम किन कारवाही हुनु नपर्ने हाे ? साेही दफाकाे उपदफा (४) बमाेजिम उम्मेदवारहरुले आफ्नाे सफाई सहितकाे स्पष्टिकरण पेश गर्न आग्रह गरेकाे छ ।

पर्साका दुई पालिका प्रमुखमा निर्वाचित उम्मेदवारले मात्र निर्वाचन खर्चकाे विवरण बुझाएका छन् । यसका साथै केही वडाध्यक्ष र वडा सदस्यमा निर्वाचितले पनि खर्चकाे विवरण बुझाए पनि अधिकांश उम्मेदवार खर्चकाे विवरण बुझाउन वाकी रहेकाे छ ।

पर्साका १४ स्थानिय तहका ३ हजार २ सय ९८ उम्मेदवार मध्ये ४१ जनाले मात्र समयमा निर्वाचन खर्चकाे विवरण बुझाएका छन् । निर्वाचन कार्यालय पर्साले उपलब्ध गराएकाे विवरण अनुसार ३ हजार २ सय ५७ उम्मेदवारले खर्च विवरण बुझाउन बाकी रहेकाे छ ।

वीरगंज महानगपालिकाका मेयरमा निर्वाचित जसपाका राजेशमान सिंहले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । वीरगंज महानगरपालिकामा नेपाल मजदुर किशान पार्टीका मेयरका उम्मेदवार गाेकर्ण प्रसाद काेइरी, स्वतन्त्र उम्मेदवार प्रभात सिंह र राप्रपाका वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार मनाेज मिश्र र दुई जना वडा सदस्यका उम्मेदवारले मात्र निर्वाचन खर्चकाे विवरण समयमा बुझाएका छन् ।

वीरगंज महानगरपालिकामा प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडा सदस्यका ८ सय ८१ उम्मेदवार रहेपनि न्युन संख्यामा मात्र निर्वाचन खर्चकाे विवरण बुझाएकाे जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएकाे छ ।

पर्सामा सबै भन्दा बढी संख्यामा पटेर्वा सुगाैली गाउँपालिकाका उम्मेदवारहरुले निर्वाचन खर्चकाे विवरण बुझाएका छन् । पटेर्वा सुगाैलीका १६१ जना उम्मेदवार मध्ये दुई गाउँपालिका अध्यक्षका उम्मेदवारसहित २५ जनाले खर्चकाे विवरण बुझाएका छन् ।

पटेर्वा सुगाैलीमा निर्वाचन खर्चकाे विवरण बुझाउनेमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित दिनेश चाैधरी, एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार हरिनारायण चाैधरी, जसपाका दिपक यादव र लाेसपाका महमद मुस्तुफा मन्सुरी रहेका छन् ।

यसैगरी पटेर्वा सुगाैली गाउँपालिका उपाध्यक्षका उम्मेदवार एमालेकी मन्तुरा देवी, वडा नं. १ काे वडाध्यक्षमा एमालेबाट निर्वाचित फरमान मियाँ अन्सारी, वडा नं. १ कै वडाध्यक्षका उम्मेदवार लाेसपाका माेफिल मियाँ मंसुरी, वडा नं. २ काे वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित विजय गैरे, वडा नं. २ कै वडाध्यक्षका स्वतन्त्र उम्मेदवार महमद नाैसाद आलम, वडा नं. ३ काे वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित बासु पंजियार लगायत केही वडा सदस्यका उम्मेदवारहरुले पनि निर्वाचन खर्चकाे विवरण समय मै बुझाएका छन् ।

यसैगरी जगरनाथपुर गाउँपालिका अध्यक्षमा अध्यक्षमा कांग्रेसबाट निर्वाचित श्रीकान्त प्रसाद यादव र साेही गाउँपालिका अध्यक्षका  जनमत पार्टीका उम्मेदवार चन्दन चाैहानले मात्र निर्वाचन खर्चकाे विवरण समयमा बुझाएका छन् । जगरनाथपुरमा याे दुई जना वाहेका कुनैं पनि उम्मेदवारले निर्वाचन खर्चकाे विवरण बुझाएका छैनन् ।

यसैगरी बिन्दवासिनी गाउँपालिकामा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार गम्भिरा साह तेली र एमालेबाटै उपाध्यक्षमा निर्वाचित ज्याेति देवी चाैरसियाले मात्र निर्वाचन खर्चकाे विवरण समयमा बुझाएका छन् । यस वाहेक कुनै पनि उम्मेदवारले निर्वाचन खर्चकाे विवरण समयमा बुझाएका छैनन् ।

यसैगरी कालिकामाई गाउँपालिकामा कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित राजमती बरैनी, एमालेबाट वडा नं. २ काे वडाध्यक्षमा निर्वाचित साेनालाल प्रसाद चाैरसिया, वडा नं.  २ कै कांग्रेसका वडाध्यक्षका उम्मेदवार रामराज चाैरसिया र कांग्रेसबाट वडा नं. ४ काे वडाध्यक्षमा निर्वाचित संजय कुमार साहले निर्वाचन खर्चकाे विवरण समय मै बुझाएका छन् । यस वाहेक कुनै पनि उम्मेदवारले समयमा निर्वाचन खर्चकाे विवरण नबुझाएकाे निर्वाचन कार्यालयले उपलब्ध गराएकाे विवरणमा देखिन्छ । 

छिपहरमाई, धाेबिनी, पकहा मैनपुर, सखुवा प्रसाैनी, जिराभवानी र ठाेरी गाउँपालिकाकाे कुनै पनि उम्मेदवारले निर्वाचन खर्चकाे विवरण बुझाएका छैनन् । यसैगरी पर्सागढी, पाेखरिया र बहुदरमाई नगरपालिकाकाे पनि कुनै उम्मेदवार निर्वाचन खर्चकाे विवरण नबुझाएकाे निर्वाचन कार्यालयकाे विवरणमा देखिन्छ ।

यी सबै उम्मेदवारहरुसंग निर्वाचन आयाेगकाे निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालय पर्साले स्पष्टिकरण साेधेकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...