Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मन्त्रालयका काम कारवाही थप प्रभावकारी बनाउँछु : वन मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

मन्त्रालयद्धारा मंगलबार आयोजना गरिएको संघियतामा वन तथा वातावरण : समस्या र समाधानका उपायहरु सम्बन्धी बैठकमा आफ्ना भनाई राख्दै मन्त्री यादवले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामहरुलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याइने खालका काम र योजनाहरु अघि सारीने बताएका हुन् ।

उनले भने, “वन तथा वातावरण मन्त्रालयको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने खालका योजनाहरु अघि सारीने छ, स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने छ ।”

आगामी तिन वर्षभित्र नेपालमा काठ आयातलाई पूर्णरुपले अन्त्य गर्ने हिसाबले काम अगाडि बढाउँन मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन पनि दिए । त्यसकासाथै उनले नेपाल सरकारका मन्त्रालय र मातहातका निकायहरुमा समेत नेपालका वन जङ्गलको काठ प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी मन्त्री यादवले सात वटै प्रदेशका मन्त्रालयहरुसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्धन गर्न, मानव र वन्यजन्तुका विच हुने द्वन्द्वलाई सधैका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिए ।

यादवले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनहरुको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएका कर्मचारीहरुसँग उनीहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताए । उनले कार्यक्रममा आएका कुराहरुको सुझावहरुलाई आफुले गम्भीरतापूर्वक लिई कार्यान्वयमा ल्याइने जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, सात वटै प्रदेशबाट सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारी, मन्त्रालय मातहातमा रहेका विभिन्न महाशाखा र विभागका कर्मचारीहरुको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...