Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वप्रका विर्ताद्वारा एकै दिन ८ फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले विभिन्न मुद्दामा कसूरदार भई अदालतबाट दण्ड जरिवाना तोकिएका ८ फरार प्रतिवादीहरुलाई एकै पटक पक्राउ गरी जरिवाना असुल उपर गराएकाे छ ।

वडा प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन टोलीले २६ वर्ष पुरानो जुवाको मुद्दाको कसुरमा जरिवाना तोकिएका व्यक्ति र किर्ते जालसाजी मुद्दामा रु. २० जरिवाना भएको व्यक्ति सहित अन्य विभिन्न कसुरमा फरार रहेका ८ प्रतिवादीलाई एकै पटक पक्राउ गरी आइतबार अदालतमा दाखिला गरेको छ ।

यसका साथै पछिल्लो एक महिनामा कर्तव्य ज्यान, जबरजस्ति करणी, बैकिंङ कसुर, नकवजनी चोरी लगायतका विभिन्न जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले जानकारी दिए ।

मिति २०५३/०४/३२ गते जुवा मुद्दामा पर्सा जिल्ला अदालतबाट रु. ५० जरिवाना तोकिएको वीरगंज महानगरपालिकाकाे वडा नं. २ बस्ने निरंजन शर्मा, मिति २०६९/०५/१० गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा रु. २०/- जरिवाना तोकिएकी वीरगंज महानगरपालिकाकाे वडा नं. १ बस्ने पानवा मलिन, मिति २०६३/०८/२१ गतेको फैसलाले कुटपिट मुद्दामा रु. २५०/- जरिवाना तोकिएको वीमनपा-१ बस्ने मदन पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

यसैगरी मिति २०६७/०९/२९ गतेको फैसलाले लुटपिट मुद्दामा रु. ३ हजार ७ सय ६७ जरिवाना तोकिएकी वीरगंज महानगरपालिकाकाे वडा नं. १ बस्ने पनमतीया देवी तुराहा,  मिति २०७२/१२/२५ गतेको फैसलाले सार्वजनिक अपराधको मुद्दामा रु. २ सय जरिवाना तोकिएको साेही ठाउँ निवासी जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई नियन्त्रणमा लिइएकाे प्रहरी निरिक्षक मल्लले वताए ।

यसैगरी मिति २०७६/१०/०९ गतेको फैसलाले विदेशी विनिमयको मुद्दामा रु. २९ हजार ९ सय ४८ जरिवाना तोकिएको वीरगंज महानगरपालिकाकाे वडा नं. ६ बस्ने कामेश्वर साह कलवार, मिति २०७७/१२/१९ गतेको फैसलाले चेक अनादर मुद्दामा रु. ३ हजार जरिवाना तोकिएको वीरगंज महानगरपालिकाकाे वडा नं. १६ बस्ने रामआशिष प्रसाद बरै र मिति २०७८/०८/०६ गतेको फैसलाले दुनियाँवादी फौजदारी मुद्दामा रु. ३० हजार जरिवाना तोकिएको वीरगंज महानगरपालिकाकाे वडा नं. ४ बस्ने कुन्दन कुमार वर्णवाललाई पक्राउ गरि अदालतमा बुझाइएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...