Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सुकुमवासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : वन मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताएका छन् ।

सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधबार काठमाडौँस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभागृहमा आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरुले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताए ।

उनले भने, “वन कर्मचारी तथा विभिन्न सामुदायिक वनहरुले वनको जग्गा जमिन संरक्षण गर्नुका साथै, वन जङ्गल जोगाउन ठूलो योगदान दिनु भएको छ, जसको कारण हामीले अहिले देशमा हरियाली जोगिएको छ भने हामीले वन जोगाउन सफल भएवापत ताली खाने सम्म भएका छौँ, म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।”

मन्त्री यादवले केही षड्यन्त्रकारीहरुले पछिल्लो समय वनको जग्गा सुकम्बासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने कार्य गरीरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने जिकिर गरे ।

सरकारी जमिन संरक्षण गर्नमा योगदान दिने राष्ट्रसेवक कर्मचारी, सामुदायिक वनका पदाधिकारी सहितका नागरिकलाई आफुले यसरी नै सम्मान गर्ने तथा प्रोत्साहन गर्ने एवं विदेश भ्रमणका लागि सिफारीस गर्ने योजना बनाएकोले वन संरक्षणमा आफुलाई कर्मचारीहरुको साथ र सहयोग आवश्यक रहेको मन्त्री यादवकाे भनाई थियाे ।

मिचिएका तथा अतिक्रमण गरिएका सरकारी जमिन निकट भविष्य मै खाली गराउने तथा फिर्ता ल्याउने अभियानमा आफु निस्किने तयारीमा रहेको समेत मन्त्री यादवले बताए । उनले भने, “फोहर राजनितिक खेलका कारण हाम्रा वनका कर्मचारीहरुले दुःख पाएका छन्, म कर्माचारीलाई दुःख दिँदैन, राम्रा काम गर्ने र वन संरक्षणमा लाग्नेलाई सम्मान गर्ने छु ।” नेपालको वन जङ्गल क्षेत्रको विकास तथा संरक्षणमा वन कर्मचारी सामुदायिक वनका पदाधिकारीको ठूलो योगदान रहेकाले सामुदायिक वन तथा वन कर्मचारीले थालेका राम्रा कामको पक्षमा आफु सधै सकारात्मक रहने मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए ।

एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाईसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिईने बताए । आफु व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताए ।

यसअघि मन्त्री यादवले काठमाडौँको ववरमहलस्थित वन परिसरमा निर्मित “सामुदायिक वन स्तम्भ” को एक कार्यक्रमका बीच अनावरण गर्नुभएको थियो । नेपालको वन जङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्नका लागी सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा योगदान पूर्‍याउनेहरुको प्रतिकका रुपमा स्थापित स्तम्भको उनले अनावरण गरेका हुन् ।

स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वन जङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आ-आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्र सेवकहरुको योगदानलाई कलात्मक रूपमा दर्शाउने उनले जिकिर गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...