Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मुक्त हरवाचरवाको पुनर्स्थापन नभए आन्दोलनमा जाने

spot_img
spot_img

जनकपुरधाम । मधेस प्रदेशको ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुका लागि आयाेजित नेतृत्व बिकास र जनवकालत शिप सम्बन्धी दुई दिने तालिमबाट मुक्त हरवाचरवाको पुनर्स्थापनकाे लागि ३ महिने जनवकालत योजना निर्माण भएको छ ।

तालिममा ८ जिल्लाका ४० पालिका सरकारलाई राष्ट्रिय हरवाचरवा अधिकार मंचको अडानसहित ज्ञापन पत्र पेश गर्ने, जिल्ला स्तरका बिभीन्न राजनितिक दलहरुलाई ज्ञापन पत्र पेश गर्ने, मधेस प्रदेशको भुमि ब्यवस्था मन्त्रालय लगायत मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गर्ने, ८ वटै जिल्लाहरुमा मुक्त हरवाचरवा सन्देशका लागि जागरण यात्रा सम्पन्न गर्दै सो सवालबारे स्थानिय, प्रदेश र संघीय स्तरमा चरणबद्ध अभियानहरु संचालन गर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रमको समापन सत्रका प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्कका केन्द्रिय अध्यक्ष एवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा गठित हरवाचरवा, मुक्त हलिया, कमैया र कमलरीको बस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले राजनितिक दलहरु, निति निर्माता, सरकारी तथा गैरसरकारी निकाय, आम नागरिक समाज र पत्रकारहरुसंगको सहकार्यमा स्थानिय, जिल्ला र राष्ट्रिय स्तरमा गठन भएका हरवाचरवा संगठनहरुले मुक्त हरवाचरवाको पुनर्स्थापन अभियानमा एकताबद्ध भएर अगाडी बढनुपर्ने अहिलेको आवश्यकता रहेको वताए ।

साथै उनले मुक्त हरवाचरवाको पुनर्स्थापन कार्यक्रमलाई थप प्रभावकारी ढंगले अगाडी बढाउनका लागि हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गर्न नेपाल सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको अगुवाईमा विस्तारित कार्ययोजना निर्माण गरी मन्त्रीपरिषदबाट पारित गरेर पुनःस्थापनाको बजेटसहितको कार्ययोजना निर्माण गरिनुपर्ने कुरामा जोड दिए ।

राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिद्र सदाले नेपालले मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापन नगरे गाउदेखि सिंहदरवारसम्म आन्दोलनको आँधीबेहेरी श्रृजना गर्ने कुरा बताए ।

कार्यक्रमको समापन सत्रमा बोल्दै द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियम श्रेष्ठले मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा गरिवीको रेखामुनी जीवन बिताउन बाध्य १ लाख भन्दा बढी हरवाचरवाहरुको न्यायिक पुनर्स्थापनका लागि सरकारले उनीहरुको भुमी तथा सुरक्षित आवाश, शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय गर्ने प्रकृयामा उनीहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने कुरा बताए ।

यसका लागि उनले सरकारले मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणीकरण र परिचय पत्र बितरणलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा दलित जनकल्याण युवा क्लव सिराहाका कार्यक्रम संयोजक बहादुर सिं सदाय, सामुदायीक सुधार केन्द्र धनुषाका कार्यक्रम संयोजक सतिस ठाकुर, श्रीपुराज सामुदायिक बिकास केन्द्र सप्तरीका कार्यक्रम निर्देशक बिनोनान्द चौधरी, जिल्ला हरवाचरवा अधिकार मंच सिराहाका सदस्य राधा चौधरी, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रम्हदेव राम लगायतले आ आफनो धारणा ब्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत संजय महराले गरेका थिए ।

उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...