Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

धर्मको नाममा अराजकता फैलाउँनेमाथि प्रतिबन्ध लगाउँन माग

spot_img
spot_img

वीरगंज । धार्मिक पर्वको नाममा हातहतियार तथा आगजनी जन्य प्रदर्शन गर्दै अराजकता फैलाउँनमाथि यथाशीघ्र प्रतिबन्द लगाउँन माँग गर्दै विश्व हिन्दू परिषद नेपाल पर्साले स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

राजविराज लगायतका स्थानहरुमा मुस्लिम समुदायको धार्मिक पर्व मुर्हरम मनाउँने क्रममा हिन्दूहरुको सवारीसाधानमा तोडफोड गरिएको घटना प्रति गम्भीर ध्यानकर्षण जनाउँदै धर्मको नाममा हातहतियार प्रदर्शन गरी अराजकता फैलाउँने माथि कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

विश्व हिन्दू परिषद नेपाल पर्साका अध्यक्ष बृजेश मल्लीकको नेतृत्वमा रहेको परिषदका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै मुहर्रम मनाउँने नाममा पर्साका कुनैपनि प्रकारको अराजकता फैलाउँने कसैलाई छुट नभएको भन्दै यस्ता गतिविधि रोक्न माँग गरेकाे हाे ।

धर्मको नाममा तलबार, भाला आदि जस्ता हातहतियार लगायत आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक बर्ष देशका विभिन्न स्थानहरुमा हिन्दूहरुको जनधनमा क्षति पु¥याउँदै शक्ति प्रदर्शन गर्दै आएको हुँदा पनि प्रहरी प्रशासन द्धारा वेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय भएको ठहर गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न विहिपले बुझाएकाे ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

बहुसंख्यक हिन्दूहरु बसोबास गर्ने मुलुकमा एक समुदाय विशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू विरुद्ध शक्ति प्रदर्शन तथा हिन्दूहरुको जनधममा क्षति पु¥याउँनु दुर्भाग्यपूर्ण रहेको ज्ञापन मार्फत जनाईएको छ ।

स्थानिय प्रशासन र सरकारले विहिपले उठाएको माँग प्रति ध्यान नदिए भोलीको दिनमा बहुसंख्यक हिन्दू समुदाय यस्ता अराजकगतिविधि विरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिदै यसबाट उत्पन्न असजपरिस्थतीको जिम्मा सरकार र स्थानिय प्रशासनलले नै लिने जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...